नेपाली समाज चिलीले तिहार शुभ कामना आदान-प्रदान तथा देउसी भैली कार्यक्रम गर्ने

नेपाली समाज चिलीले तिहार शुभ कामना आदान-प्रदान तथा देउसी भैली कार्यक्रम गर्ने


डिआरजी सुमन 

शान्तियागो (एकिके) चिली शनिवार  १३ कार्तिक  २०७८ ।  नेपाली समाज चिलीले दीपावली अर्थात् तिहारको अवसरमा भव्यताका साथ कार्यक्रम गर्ने भएको छ ।


 दक्षिण अमेरिकीमुलुक चिलीमा रहने नेपाली हरुको पहिलो संस्था (स्थापित२०१३) नेपाली समाज चीली ले स्थापना कालदेखी नै औपचारिक कार्यक्रम विच नेपाली संस्कृति अनुसार नै विभिन्न महान चाडवाड मनाउदै आएको छ । दक्षिण अमेरिकी मुलुक चीलीमा हाल धेरै नेपाली नागरिक विभिन्नउद्देश्य लिएर पुगेका छन ।

 दक्षिण अमेरिकी मुलुक चिलीमा रहने नेपालीहरुको पनि संख्या उल्लेखनीय नै भएको कारण पनि चाडवाड उत्साहकासाथ मनाउन सहजता हुदै गएको नेपाली समाज चीली को अध्यक्ष शिवहरि वस्नेतले वताउनु भएको छ । 

 देश विदेशमा जहां भएता पनि नेपाली संस्कृति र परम्परागत मौलिक चाडवाड मनाउने काम सकारात्मक नै रहेको जनाउदै तिहार शुभकामना आदान-प्रदान तथा देउसीभैली कार्यक्रम आयोजना गरिएको कलाकार समेत रहनु भएकानेपाली समाज चीली का महासचिव श्रीराम पौडेलले वताउनु भएको छ । 

नेपालीहरुको महानचाड दिपावली अर्थात् तिहार कार्यक्रमलाई व्यवस्थित तवरले गर्ने उद्देश्यले वहुसंख्यक नेपालीहरुसँग औपचारिक/अनौपचारिक छलफल गरी तयारी कार्यक्रम पुरा गरिएको नेपालीसमाज चिलीका कोषाध्यक्ष रामजी लामिछानेले वताउनु भएको छ ।

नेपाली समाज चीलीले आयोजनामा आउदो ०६ नोभेम्वर शनिवार साँझ ०८ वजे का दिन एकिकेको एभरेष्टरेस्टोरेन्टमा कार्यक्रम आयोजना गरिएको नेपाली समाज चीलीले निमन्त्रणा पत्र मार्फ़त जानकारी गराएको छ । - तस्वीर डिआरजी सुमन/अर्घाखाची डटकम् ।

अन्य समाचारहरु