"हाम्रो रमाइलो तिहारपर्व"



काशीराम घिमिरे 
पाणिनी -४पटौटी चौराहा 
अर्घाखाँची 
हाल बानेश्वर काठमाडौ

हरेक चाँड्पर्वहरु उत्तिकै महत्वपूर्ण हुन्छ्न ती अन्तर्गत तिहार पर्व एउटा विशेष पर्वहो ।

बडादशैलाई भर्खर मात्र बिदागरी तिहार पर्वलाइ स्वागत हुँदैछ।चिसो तथा सुकिलो बाताबरण सगै आउदैछ।गाउँघरमा मादलको धुन सुनिदैछ ।बासुरीर मुरेली धुन सुनिदैछ। फूलबारीमा जताततै मखमली र सयपत्री ढकमक्क फूलीसके आगनिको डिलमा मखमली र सयपत्री फूलफुले सगै अब तिहार साच्चिकै आएजस्तो लाग्च दिनगन्दा पनि धेरै छैन।बिदेशिएका दाजुभाइ दिदिबहिनी र घर र तिहार सम्झी आउन थाले।दिदिबहिनी पनि दाजुभाइ लाई टीका लगाउने सुरसारमा तरखर गर्दैछ्न।साथिभाइ भैली खेल्ने सल्लाह गर्दैछ्न।यो बाताबरण अनुसार अब तिहार हामिमाझ आइसक्यो हामी हिन्दुदर्मालम्बी हरुको महान चाँड।इतिहास र पुरापुर्व कालदेखी चल्दैपरम्परागत रुपमा चल्दै आएको नेपाली मौलिक संस्कृतिक रुपमा धर्म संस्कृति अन्तर्गत मनाउने तिहार पर्वहो ।

यमपञ्चक अन्तर्गत पाँच दिनसम्म मनाउने तिहार पर्व पहिलो दिनमा कागको पूजा गरि मनाउने गरिन्छ।काग यमराजको दुतमा पर्छ्र ।र नयाँ खवर ल्याउने गर्दछ काग एउटा चतुर पंन्क्षिमा पर्छ।यसलाइ मीठो खानेकुरा दिई यो पर्व सम्पन्न गरिन्छ।

दोस्रो दिन कुकुरको पूजा गरि यो पर्व मनाइन्छ।कुकुर आज्ञाकारी जन्तुको रुपमा चिनिन्छ उसले आज्ञा पालना गर्दछ यो चलाख जन्तुमा पर्छ ।यसलाईपूजा गरि मीठो खानेकुरा खुवाइ गलामा माला लगाइ यो पर्व मनाइन्छ ।तेस्रो दिन भने धनधन्यकि देबि ।लक्ष्मीको साँझमा बिशेष पूजा गरिलक्ष्मी भित्र्याउने चलन छ जसले गर्दा ।घरमा जहिले बास गर्ने धनको अभाब नहुने बिश्वास छ। चौथो दिन गोबरधन्द पूजा गरि गाइको पूजा गर्ने चलन छ हाम्रो हिन्दु धर्म अन्तर्गत गाइलाइ माताको रुपमापूजा गर्ने चलनछ।गाइलाइ गोवरको एउटा थान जस्तो बनाइ यसमा बिधिपूर्बक रूपमापूजा गरि गाइको निधारमा माला लगाइगाइलाइ मीठो प्रसाद खुवाइ यो पर्व मनाइन्छ । साथै यसदिन तोरन बाटी विधि पूर्वक पूजा गरि तोरन जिउरी टाँग्ने गरिन्छ । पाचौं दिन बिधिपुर्वक साइतमा टिका लगाइन्छ । जसमा सबै सफाशुद्धपुर्वक बाताबरणमा हाम्रो परम्परागत अन्तर्गत टीका लगाउने चलन छ जसमाभाइ तिहारको दिन दियो ,कलस , गणेशकोदुबोले पूजा गर्ने रमखमलि फूलको नओइलिने माला साथै सयपत्रीफूलको माला लगाउने र दिदिबहिनी ले आफ्नो दाजुभाइको लामो आरोग्यको कामना गर्दछ्न।दिदीबहिनीले आफ्नो दाजुभाइलाई बिशेष बिधीपूर्वक पूजागरि सत्तरंङिटीका लगाइ मालालगाइ साथमा मिठापरिकार खुवाइ आफ्ना दाजुभाइ लाईआशीर्वाद दिइसाथमा उपहारदिई मनाइन्छ टीका लगाएपछी आफ्नो दैलिको सगारमा ओखर फोरि आफ्ना दाजुभाइ को सत्रुनास हुन भनीओखर फोर्ने चलन छ।

टिकाकोकथनखास मृत्युका राजा यमराज बहिनी यमुनालाई भेटन आएका थिए ।यमराज यमलोकमा बस्थे र यमुना पृथ्वीमा उनले आफ्नो दाजुलाइ निम्तो गरि भेट्न बोलाइन त्यो बेला यमपंञ्चक थियो ।त्यो यमपंञ्चक भर उनी यमुनाकोमा बसे र भाइटिकाको दिनमा आफ्नो दाजुलाइ टिकालगाइ उपहार दिहिन र दाजुसँग आशीर्वाद लिइन।

प्राय दाजुभाइ र दिदअीबहिनी लगायत सम्पुर्णमा मनाइने यो पर्व खास त कार्तिक शुक्ल द्धितियका दिन मनाउने गरिन्छ।यो पर्वमा उत्साहका साथ मनाइन्छदिदिबहिनीले दाजुभाइ र दाजुभाइले दिदिबहिनीलाईविशेष सम्मानका साथ पूजागर्ने चलन छ।यो पर्वमा जताततै खुशियाली साथै झिलिमिली बत्तिको आकर्षण उत्तिकै हुन्छ।हाम्रो धर्म संस्कृती अन्तर्गत मनाइने हिन्दु परम्परा अन्तर्गत को पर्वयो विशेष रुपमा मौलिकसंस्कृति अन्तर्गत भैलिखेली विभिन्न मिठा आशिष् दिने गरिन्छ कतै बलिराजा कुरा त कतै कालिनागका कुरा कतै परिबारको आयु त कतै लक्ष्मिको बास र धन सम्पत्ति राम्रो र शुखी परिबार होस भनी आशिष् दिई दाजुभाइ दिदिबहिनी साथिभाइ जम्माभइभैली खेलीयो पर्व मनाइन्छ ।

तिहारपर्व एउटा विधि परम्परागत रुपमा मनाउने गर्नुपर्छ ।आफ्नो र आफुमा जे छ त्यसैमा खुशी रहेर मनाउनुपर्छ र हाम्रो हिन्दु परम्परागत रुपमा रहेर मनाउनुपर्छ।देखाशिकी नसकि नसकी मनाउनु भन्दा साधारण किसिमले मनाउनु राम्रो हुन्छ।जताभाबी रुपमा जुवा तास खेल्ने परम्परागत निषेध र बन्द गर्नु पर्छ।एउटा सभ्य र सिस्टतरिका बाट मनाउनुपर्छ ।आफ्नोघरकोपरिस्थितिको कारण विभिन्न दाजुभाइ दिदिबहिनी हरु बिदेशिन बाध्य हुनुहुन्छ चाँड्बाड आउदा आफ्नो परिवार सग सगै मनाउने मन त कस्लाइपो हुन्न र तर पनि राम्रो जहाँ हुनुहुन्छ राम्रोसग मनाउनु हुनेछ।यो तिहार पर्व हाम्रो बिशेष पर्वभएकोलेहुँदा यसलाइ परम्परागत रुपमा मनाउनुपर्छ हामी हामो संस्कृतिलाई संरक्षण गरि विधिअनुसार हिड्नुपर्छ यसमा बिकृती बिसङ्गती हरु छिर्न दिनुहुन्न शुद्ध र सफामनले खुशीयालिमा हरेक कुराहरु गर्नुपर्छ।एउटा संदेश मुलक र संस्कृति झल्किने खालको तिहार र देउशिभैलो खेल्नुपर्छ ।

यो तिहार सबैको खुशियाली र मनको ईच्छा अनुसार चिताएको पुगोस सम्पुर्ण नेपाली शुखी रहुन दाजुभाइको र दिदिबहिनिको मुहार हसिलो र सम्बन्ध नजिक र सुमधुर होस । एउटा भड्किलो भन्दा पनि साधारण किसिमको र परम्परालाई ध्यान दिउ र हाम्रो धर्म संस्कृतिलाई माया गरौं ।यो तिहार सबैको शुभ रहोस सम्पुर्ण जनताकोसाथै देशमा आर्थिक उन्नति राम्रो रहोस ।सबैले खुशियाली साथ मनाउनु होला।सबैमा तिहारको उपलक्ष्यमा हार्दिक मङ्लमय शुभकामना ।

अन्य समाचारहरु