चुनावमा हराएछ मेरो राष्ट्रिय झण्डासंगै राष्ट्रियता पनि

चुनावमा हराएछ मेरो राष्ट्रिय झण्डासंगै राष्ट्रियता पनि
 बाबु रोका मगर

कोहि काङ्ग्रेस कोहि मसाल,माओवादी,माले,एमाले देखेन मैले कोहि यहाँ सच्चा नेपाली भो म त भोट दिन्न यस्पाली भोट म त्यतिबेला दिनेछु जब सबै हुनेछन निस्वार्थ नेपाली,  सायद धेरै बर्ष पछि देशमा चुनाव हुने माहोल भएपछी सबै आ आफ्नो पार्टी र पार्टी कार्यकर्ताहरु मस्त ब्यस्त देखिएका छन कोहि गिलास भनेका छन कोहि हसिया हथौड़ा कोहि रुख सुर्य बोकेर दौडमा सहभागी कास यो दौडमा कुनै न कुनै पार्टीको झण्डा संगै मेरो राष्ट्रिय झण्डा ले पनि स्थान पाएकोभए मलाइ लाग्थ्यो हो साँच्चै हामि खाँट्टी नेपाली रहेछौ । यो चुनावको माहोलमा जो देखियो त्यस्ले हरेक नेपालीहरुलाइ एकतामा नभै अनेकतामा बाँड्दै छ जस्ले गर्द देशमा झन ठूलो समस्याको जन्म हुने अडकल सच्चा देशप्रेमिहरुले गरिसकेका छन । 

वास्तवमा हरेक युवाहरु पैसाको लालचमा आएर नराम्रोलाइ राम्रो र राम्रोलाइ नराम्रो बनाउन ती देशका दलालहरुलाई साथ दिएर ठूलो भुल गरेका छन देशलाइ अझै हजारौं बर्ष पछाडी धकलदै आफ्ना सन्ततिहरुको भबिश्य र पहिचान मेटाउदै छन | जता हेरेपनी पार्टीकै झण्डा अनि पार्टीकै गुणगान आज बल्ल थाहा लाग्यो वास्तवमा राष्ट्र र राष्ट्रियताको चिन्ता नभएर केवल पार्टिको चिन्तामा डुबेकाहरु देश बिकासमा उम्मेदवारी दिएका रहेछन हुन त अझै नतिजा हेर्नै बाँकी छ |

कति युवाहरुलाइ रक्सि अनि मासु चिउरामा खरिद गरिसके ? आम जनताहरुलाई अबगत भएकै कुरा हो देश हाँक्ने को हुन त ? उनै पंचायतीकाल का नेता देशमा बदलाव के होला ? मान्छे पुराना सोच पुराना भ्रष्ट्रचार गर्ने तरिका बदलिन सक्छ ठगि गर्ने तरिका बदलिन सक्छ तर अझै पनि यी देशका दलालहरुलाई नेपाली जनतालॆ साथ दिदै गयौं भने देशको ब्यबस्था बदलिने छैन | देश निर्माण को लागि युवा सहभागिताको आबश्यक छ युवाहरुमा देशभक्ति भावना जन्मनु पर्दछ तर त्यस्तो माहोल अहिलेको समयमा देख्न पाइएको छैन | हो चुनाव हुनु आबश्यक हो तर जानीबुझी त्यस्तै व्यक्तिलाई जिताएर फेरी आफु किन पछुताउने त्यसैले समयमा बुद्दि लगाएर काम गरेमा सबैलाई राम्रो हुनेछ |  

अन्य समाचारहरु