ढिकुराको श्री शारदा माविमा स्पेलिङ कन्टेष्ट कार्यक्रम सम्पन्न

ढिकुराको श्री शारदा माविमा  स्पेलिङ कन्टेष्ट कार्यक्रम सम्पन्न


पासर भट्टराई 

ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) ।  अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं ९ ढिकुरामा रहेको श्री शारदा माध्यमिक विद्यालय मा  शुक्रबारीय कार्यक्रम अन्तर्गत स्पेलिङ कन्टेष्ट कार्यक्रम सम्पन्न भएको छ। 


उक्त कार्यक्रम सदनात्मक थियो।  जस अनुसार डाँफे, सगरमाथा, भानुभक्त र लुम्बिनी गरि चार ओटा नाम राखिएको थियो। 

उक्त कार्यक्रम लोकनाथ अधिकारी को संचालक, सिता गौतमको प्रश्न र कमला सुर्यबंशी समय पालकको रुपमा हुनुहुन्थ्यो। सोही बिध्यालयमा अध्ययनरत मिसन नेपालीले गोलाबाट नम्बर निकालेर सहभागिलाई प्रश्न सोधिएको थियो। 

उक्त कार्यक्रम मा  ४० ओटा प्रश्न सोधेमध्ये  सगरमाथा सदन ले २५ वटा प्रश्नको  उत्तर दिएको थियो। डाँफे सदनले २ओटा प्रश्न को उत्तर दिएको थियो।
 
भानुभक्त सदनले  २४ओटा प्रश्न को उत्तर दिएको थियो। लुम्बिनी सदनले २३  ओटा प्रश्न को उत्तर दिएको थियो। जस अनुसार यस कार्यक्रमको प्रथम स्थान सगरमाथा सदन, दोस्रो स्थान भानुभक्त सदन र तेस्रो स्थान हासिल गर्न लुम्बिनी सदन सफल भएको छ।

अन्य समाचारहरु