अर्घातोषका एक व्यक्तिलाई बैकिङ कसुरमा ४ दिन कैद तोकि फरार रहेको आरोपमा पक्राउ

अर्घातोषका एक व्यक्तिलाई बैकिङ कसुरमा ४ दिन कैद तोकि फरार रहेको आरोपमा पक्राउ

अर्घाखाँचीडट्कम संवाददाता 

काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर २ अर्घातोषका एक व्यक्तिलाई बैकिङ कसुरमा फरार रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 


साविक अर्घातोष गा.वि.स. वार्ड नं. ०९ का वर्ष ४९ को कृष्ण प्रसाद बन्जाडेलाई काठमाडौं अपराध महाशाखाको टोलीले आज पक्राउ गरेको हो । 

बन्जाडे उच्च अदालत, पाटन ललितपुरको मिति २०७७।०९।२४ र २०७८।०८।२१ गतेको फैसलाले रू. ११,००,०००।- (एघार लाख रूपैँया) जरिवाना र ४ दिन कैद तोकि फरार रहेका बताइएको छ । 

नयाँ बानेश्वर बस्दै आएका बन्जाडेलाई थापागाँउबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मिति आज बुधवार काठमाण्डौ जिल्ला अदालत उपस्थित गराईएको प्रहरीले बताएको छ । 

अन्य समाचारहरु