हरियाणा र पंजावमा म्युजिकल ईभेन्ट हुँदै, देवी घर्ती खेम सेन्चुरी लगायतका कलाकार आउँदै

हरियाणा र पंजावमा म्युजिकल ईभेन्ट हुँदै, देवी घर्ती खेम सेन्चुरी लगायतका कलाकार आउँदै

पशुपती श्रेष्ठ 

हरियाणा (अर्घाखाँचीडट्कम) । भारतको हरियाणा तथा पंजाव राज्यमा म्युजिकल ईभेन्ट हुने भएको छ । 

भारतको ७३औं गणतन्त्र दिवसको अवसर पारेर आफ्नो कला संस्कृतिलाई जोगाई राख्न र देश विदेशमा झल्काउन म्युजिकल ईभेन्ट २०२२ को आयोजना गरीएको सुपादेउराली टुर एण्ड ट्राभल्स पंजावका प्रमुख ओम प्रकाश परियारले अर्घाखाँची डट्कमलाई जानकारी दिनु भएको छ ।

पञ्जावको लुधियाना स्थित भाईवाला चोकमा २६ जनवरी बुधबारका दिन बिहान १० बजे देखि साँझ ७ सम्म नेपालका प्रख्यात कलाकार देवि घर्ती खेम सेन्चुरी कुशल बेल्बासे सुनितामी परियार रिना केसि कुसुम परियार नारायण बिपि र डान्सर करिश्मा ढकाल सविता भुसालले  लुधियनामा रहेका हजारौ नेपालीलाई मनोरञ्जन दिने गरि तयारी पूरा गरिएको प्रमुख परियारले बताउनु भयो ।

त्यस्तै कार्यक्रम हरियाणाको हिसार स्थित कुम्हार धर्मशालामा २८ जनवरी शुक्रबार र पंजाव जलन्धर शहर विक्योरिया यादगर हलमा ३० जनवरी आईतवार हुनेछन थप जानकारीका लागि  ९८१५१४९८११ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

अन्य समाचारहरु