पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सरकार अल्पमतमा

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सरकार अल्पमतमा

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सरकार अल्पमतमा परेको छ ।

विपक्षी पार्टीहरुले संसदमा अविश्वास प्रस्ताव अघि बढाईरहेको बेला सत्ता साझेदार मुत्ताहिद क्वामी मुभमेन्ट विपक्षी मोर्चामा मिल्ने निर्णय गरेसँगै खानको सरकार अल्पमतमा परेको हो ।


पाकिस्तान पिपुल्स पार्टी नेतृत्वको विपक्षी मोर्चा र एमक्युएमबीच मंगलबार राति सहमति भएको हो ।

एमक्युएमसँगको सहमति लगत्तै पीपीपीका नेता विलावाल भुट्टो जर्दारीले इमरान खानको सरकार ढल्ने निश्चित भएको बताएका छन् ।

सन् २०१८ देखि सत्तामा रहँदै आएको खान नेतृत्वको पाकिस्तान तेहरिक पार्टीको सरकार विरुद्ध भोलि पाकिस्तानको नेशनल एसेम्ब्लीमा अविश्वास प्रस्ताव पेश हुँदैछ । ३४२ सदस्यीय पाकिस्तानी तल्लो सदनमा विपक्षी मोर्चासँग १७७ मत पुगेको दाबी गरिएको छ । एजेन्सी 

अन्य समाचारहरु