मलाइ शंका छ प्रधानमन्त्रीको कुर्सिमा ?

मलाइ शंका छ प्रधानमन्त्रीको कुर्सिमा ?
बाबु रोका मगर

मलाइ शंका छ कतै प्रधानमन्त्रीको कुर्सिमा एचआइभी त छैन ?

नेपालको इतिहासमा हरेक दस बर्षको अन्तरालमा कुनै न कुनै परिवर्तन आएकै हुन्छ । १९९७, २००७, २०१७, २०२७, २०३६, २०४६ त्यसपछी २०५८ बाट लगातार परिवर्तन नै परिवर्तन आएकाछन । धेरै पुरानो इतिहासतिर नगइ संघिय लोकतान्त्रिक गणतन्त्र सन २००८ देखि सुरु भएको २०१८ सम्म १२ जना प्रधानमन्त्री बनिसकेका देख्ने तपाइँ हामि सबै साक्षी छौं नेता मन्त्रीहरु कति परिवर्तन भए तर दुखको कुरा ब्यबस्था परिवर्तन हुन सकेन । १२ प्रधानमन्त्री मध्य फेरि दोस्रोपटक केपि ओलि ले भर्खरै प्रधानमन्त्री पद ग्रहण गरेका छन यो भन्दा पहिलोपटक प्रधानमन्त्री हुँदा हावादारी कुरा गर्ने उखाने मन्त्री र देसभक्ती मन्त्री सम्म भनेर ट्याग भिराइदिएका नेपाली जनताहरुले अब ओलि लाई फेरि एकपटक अबसर दिएकाछन हेरौ ओलिको घरघरमा ग्यासको पाइप र हावाबाट बिजुली नेपाली जनताहरुले कत्तिको उपयोग गर्न पाउनेछन हकिकत देख्ने समय आएको छ ।

म प्रधानमन्त्री के पि ओलि ज्युलाइ शुभकामना सहित यो अनुरोध गर्न चाहन्छु कि अब नेपाली जनताहरुले देखेको सपना र ओलि माथी रहेको भरोसा कहिकतै डगमगाउने छैन ।

मन्त्री बनिसकेपछी आफ्नो जिम्मेवारीबाट किन पछि हट्छन हाम्रा माननीय मन्त्रीहरु? यो कुरा मेरो लागि शंकाको बिषय बनेको छ ? म हरेक पल यही सोच्छु कि त्यो कुर्शिमा के चिज छ त्यस्तो? न सम्हाल्न सक्ने न फ्याक्न सक्ने ? या यो हुन सक्छ कि उनिहरुमा देश हाँक्न सक्ने खुबी अर्थात हिम्मत छैन या प्रधानमन्त्री को कुर्शिमा एच आइ भि एडस को भाइरस हुनुपर्छ? भाईरस नहोस पनि कसरी ? त्यो कुर्सिमा बसेपछी मन्त्रीहरु बिरामी पर्छन अनि उपचारको लागि बिदेश धाउछन यसको मत्लब यो पनि हुन्छ कि नेपाली डक्टरहरु माथी मन्त्रीहरुले बिश्वास गर्दैनन । 

के इज्जत रह्यो र त्यो कुर्सी को? रोगी नेताहरुले एउटा कुर्सी कै निम्ति यसरी दुनिया लाई नाँगो नाच देखाइरहेका छन पालैपालो कुर्सिको इज्जत लुटिरहेका छन यसरी कुर्सी लाई एक या एक भन्दा बढिले प्रयोग गर्दा एच आइ भि संक्रमण नभएको होला भन्न सकिन्न होइन भने कुर्सिमा बसेपछी कुनै काम गर्न नसक्ने त्यस्तो के आपत्ती छ र ? फेरि पनि तपाई हामी जनता उनिहरुको चर्तिकला हेर्दै मौन भएर बसेका छौ । 

हामि देशका जनताहरुले देशप्रती गद्दारि गर्नेहरुलाइ उचित दन्ड सजाय दिन सकेका छैनौं त्यति मात्रै नभएर उल्टै  उनिहरुकै सामाजिक प्रतिष्ठा बढाउने काममा लागिरहेका छौं गल्ती त हामी आफै पनि गरिरहेका छौ नि? जबसम्म तपाईं हामी जनताहरुले इमान्दारी ब्याक्तिहरुलाइ सम्मान र देश प्रती गद्दारी गर्नेहरुलाइ अपमान गर्न सक्दैनौं तबसम्म देशमा यस्ता घिनौना खेलहरु रोकिने छैन हामी जनताहरुको मौनताले नै भ्रष्टाचारलाई बढाइ रहेको छ त्यसैकारण राजनीति दुषित बन्दै गएको छ जब राजनीति दुषित हुन्छ तब देशभक्त आवाजको बिगुल फुक्छ । 

हामी नेता मन्त्रीहरुबाट आशा बाहेक अरु केही चाहना राखेका छैनौ अब फेरि आशा गरौ कि नेपालमा अब केही नयाँ हुनेछ भन्ने काम कुरा लाई मध्यनजर राख्दै मन्त्री मन्डलहरुले सर्वप्रथम त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट प्रत्येक दिन १४ सयको दरमा बिदेश पलायन हुने युवाहरुलाइ रोक्न सकोस उजाड अनि रित्तो नेपालमा फेरि हराभरा छाओस हामी धेरै हिड्यौ बिदेशमा अब पालो हाम्रो हो बिदेशिहरुलाई विजा लगाएर नेपालमा काम गराउने | किनकी यो मेरो मात्रै आव्हान होइन यो देशको आव्हान हो माटोको आव्हान हो अनि तपाइहामि जस्ता देशप्रेमी देशभक्तिहरुको आव्हान हो ।  "जय देशभक्त आवाज"

लेखक:- नेपाल पत्रकार महासंघ भारत साखाका केन्द्रीय सदस्य अनि नेपाली देशभक्त आवाजका संस्थपक हुन ।

अन्य समाचारहरु