अड्गुरीको भन्ज्याङ्गमा नेतृत्व विकास तालिम तालिम सम्पन्न (तस्बिरहरु)

अड्गुरीको भन्ज्याङ्गमा नेतृत्व विकास तालिम तालिम सम्पन्न (तस्बिरहरु)


डिआरजी सुमन 

अड्गुरी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । समाजको विकास युवाको साथ " भन्ने नारा सहित गणतान्त्रिक सृजनशिल युवा क्लव पाणिनी गाउँपालिकावडा न . ७ अड्गुरीको आयोजना र पाणिनी गाउँपालिका वडा ७ को सह  आयोजनामा नेतृत्व विकास तालिम अड्गुरीको भञ्ज्याङमासम्पन्न भएको छ । 


गणतान्त्रिक सृजनशिल युवा क्लवका अध्यक्ष सन्दिप पोख्रेलको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमको प्रमुख अथिती पाणिनीगाउँपालिका वडा न. ७ का वडा अध्यक्ष गुनाखर अधिकारी रहनुभएको थियो । 


कार्यक्रममा नेकपा एमाले पाणिनी गाउँपालिका कमिटी अध्यक्ष कमल घिमिरे , नेपाली काङ्ग्रेस पाणिनी गाउँ पालिका सभापति तुल्सीपौडेल , कार्यपालिका सदस्य टोपकली कब्दार , शिव मदन माध्यमिक बिधालयका प्राचार्य राजेन्द्र पौडेल , बिद्या बिनोद माद्यामिकबिधालयका प्रधानाध्यापक माधव भुसाल , भगवती आधारभुत बिधालयका शिक्षक जित बहादुर थापा, नवज्योति इङलिस बोर्डिङकाप्रधानाध्यापक भक्त बहादुर सुनार , रेड्क्रस उपशाखा अड्गुरिका कोषाध्यक्ष मोहन टन्डन, जनकल्याण युवा क्लबका अध्यक्ष सरोजटण्डन,  स्वतन्त्र पत्रकार डिआरजी सुमन , पत्रकार माधव बेल्वासे तथा प्रशिक्षकहरु नवीन भण्डारी , प्रकृति लामिछाने लगायतको उपस्थिति रहेको थियो । 


कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अथिती वडा न. ७ का अध्यक्ष अधिकारीले युवाहरू देशका स्तम्भ भएको भन्दै राजनितिमा देखिएकानकारात्मक धारणा अन्त्य गर्न पनि नेतृत्व बिकास जरुरी रहेको बताउनु भएको छ । समाजको असल नेतृत्व गर्न समाजमा रहेका बेथितिचिर्न पनि युवाहरूलाई बिचारमा अव्बल बनाउन यस्ता तालिमले भुमिका खेल्नुपर्ने बताउनु भएको हो ।  उहाँले तालिममा सिकेकाकुरालाई जिवनमा लागुगर्न सके वडा कार्यालयले युबाहरुको क्षमता  बिकास गर्न गरेको लगानी सार्थक हुने बताउनु भएको हो । 


यस्तै कार्यक्रममा बोल्दै नेकपा एमाले पाणिनी अध्यक्ष कमल घिमिरेले तालिममा सिकेका विषयहरु समाज परिवर्तनका लागि प्रयोगगर्नुपर्नेमा जोड दिनुभएको छ । अहिलेके आवस्यकता भनेको कुशल नेतृत्व रहेको भन्दै युबाहरु नेतृत्वमा आउनुको बिकल्प नरहेको उल्लेखगर्नुभएको छ ।


नेपाली काङ्ग्रेस पाणिनिका सभापति तुल्सी पौडेलले नेतृत्व बिकास नहुदा नेतृत्व हस्तान्तरणको बिषय बहसमा मात्र सिमित हुने गरेकोलेहस्तक्षेपकारी भुमिका निर्भाह गर्न सक्ने गरि तालिमलाइ सदुपयोग गर्न अनुरोध गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले वडा नम्वर ७का अध्यक्ष कृष्ण पोख्रेल , काङ्ग्रेस उपसभापति नेत्र कुवर लगायतको उपस्थितमा सम्पन्न भएको हो । 


क्लबका उपाध्यक्ष हिम्मत कार्किको सहजीकरण , कमल घर्तीको स्वागत मन्तव्य तथा सचिव निर्मला पोख्रेलको संचालनमा सम्पन्नभएको हो । - तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।

अन्य समाचारहरु