ढाकावाङमा मसाल निकट महिला संघ आम्डाँडा टोल समितिकी सदस्य गिरा थापाको निधन

ढाकावाङमा मसाल निकट महिला संघ आम्डाँडा टोल समितिकी सदस्य गिरा थापाको निधन


माधव खनाल 

ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङमा नेकपा (मसाल) निकट अखिल नेपाल महिला संघकी आम्डाँडा टोल समितिकी सदस्य गिरा थापाको निधन भएको छ । 

अखिल नेपाल महिला संघकी आम्डाँडा टोल समितिकी सदस्य गिरा थापाको ६३ वर्षको उमेरमा बिहिवार दिउँसो निधन भएको हो । 
  
राष्ट्रिय जनमोर्चा ढाकावाङको आम्डाँडा टोल समितीका सल्लाहकार चन्द्रबहादुर थापाकी श्रीमति अखिल नेपाल युवक संघका सकृय सदस्यहरु ज्ञानबहादुर थापा नारायण थापाकी आमा अखिल नेपाल महिला संघकी आम्डाँडा टोल समितिकि सदस्य गिरा थापाको निधन प्रति राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ को आयोजनामा शुक्रवार  स्वर्गीय थापाको घरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेको थियो । 

 थापाको पार्थिक शरीर माथी पार्टीको झण्डा ओडाइ  श्रद्धाञ्जली अर्पण गरेको छ श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय परिषद सदस्य खड्कबहादुर थापाले स्वर्गीय थापाको निधनले राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ लाई अतुलनीय क्षति पुगेको बताउदै स्वर्गीय थापाले देखाएको बाटोमा लाग्न आम कार्यकर्तालाइ आग्रह गरे अन्तेष्टी कार्यक्रममा प्युठान जिल्ला मल्लरानी गाउँपालिका वार्ड न २ का अध्यक्ष लेखबहादुर थापा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य मेघराज खनाल अखिल नेपाल शिक्षक संघ भुमिकास्थान नगर सचीव रामप्रसाद खनाल जातीय समाता समाजका रामबहादुर नेपाली जनक खनाल भुमिकास्थान १ का वार्ड सदस्य गोपाल बहादुर नेपाली लगायत ले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

श्रद्धाञ्जली कार्यक्रम स्वर्गीय थापाका श्रीमान चन्द्रबहादुर थापाको अध्यक्षता भोजराज खनालको संचालनमा सम्पन्न भएको थियो ।

स्वर्गीय थापाका श्रीमान दुई छोरा बुहारी दुई छोरी ज्वाइँ र नातिनातिना हुनुहुन्छ ।

अन्य समाचारहरु