अड्गुरीको झन्द्रेकका पहिरो पिडित सुनारलाई टिकटक लाईभ अभियान संचालन गरी सहयोग, डिआरजी सुमन फ़ैन्सद्धारा रक़म हस्तांतरण

अड्गुरीको झन्द्रेकका पहिरो पिडित सुनारलाई टिकटक लाईभ अभियान संचालन गरी सहयोग, डिआरजी सुमन फ़ैन्सद्धारा रक़म हस्तांतरण


चन्द्रमणी भट्टाराई

अड्गुरी आईतवार, ०३ असोज २०७८  (अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड  नं ७ अड्गुरीको निवासी हाल वैदेशिक रोज़गारको लागी मलेशियामा रहनु भएका युवा हरी पाण्डेको टिकटक लाईभ ग्रुपवाट संकलित रक़म डिआरजी सुमन फ़ैन्स कल्व नेपाल मार्फ़त पाणिनी गाँउपालिका वडा नं ७ अड्गुरी झन्द्रेक पहिरो पीड़ित सुनार परिवारलाई हस्तान्तरण गरिएको छ ।


जीवलाल सुनार परिवारलाई पहिरोवाट परेको समस्यामा सहयोग गर्ने उद्देश्यले समाजसेवी हरी पाण्डेयलाई अनु चाम्लिङ् तथा वन्दनासेवा न्युयोर्क अमेरिका : २० हज़ार १ सय ४३ रुपैया,लक्ष्मण अर्याल तथा लक्षिता अर्याल - अष्ट्रेलिया : १० हज़ार रुपैया ,विरही प्रेम - युएई  : ५ हज़ार रुपैया ,गोमा फुयाल - काठमांडौ : २ हज़ार रुपैया , चाँदनी गिरी - युएई : १ हज़ार ५ सय रुपैया ,संगीता पौडेल - नवलपरासी : २ हज़ार रुपैया ,भगवता भण्डारी - वुटवल ४ हज़ार रुपैया, हरी पाण्डे मलेशिया ५ हज़ार रुपैया ,शुसिला अर्याल वुटवल ३हज़ार रुपैया ,कमला पोखरेल तानसेन पाल्पा : ५ हज़ार रुपैया सहयोग गरी अभियानमा साथ दिनु भई जम्मा ५७ हज़ार ६ सय ४३ रुपैयासंकलन भएको मध्ये रेमिटान्स मार्फ़त ट्रन्सफर चार्ज १९३ रुपैया भएको वताउदै डिआरजी सुमन फ़ैन्स कल्व नेपाल संग प्राप्त जम्मा रक़म५७ हज़ार ४ सय ५० रुपैया  उपलब्ध गराईएको थियो ।


डिआरजी सुमन फ़ैन्स कल्व नेपाललाई उपलब्ध रक़म एक औपचारिक कार्यक्रम विच पाणिनि गाँउ पालिका वडा नं ७ वडा अध्यक्षगुनाखर अधिकारी,स्वतन्त्र पत्रकार डिआरजी सुमन,डिआरजी सुमन फ़ैन्स कल्वका सचिवालय सदस्य नेत्र नेपाली र चन्द्रमणी भट्टाराई लेपिंडीत जीवलाल सुनारलाई हस्तांतरण गरिएको थियो ।


पाणिनी गाँउ पालिका वडा नं ७ वडा सदस्य नविन टण्डन, जनसेवा माध्यमिकविद्यालय का प्रधानाध्यापक प्रेमनारायण वेल्वासे,शिक्षक शालिकराम वेल्वासे,कलाकार रुक्मिणा घिमिरे ,पत्रकार माधव वेल्वासेलगायतको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता डिआरजी सुमन फ़ैन्स कल्वका सचिवालय सदस्य चन्द्रमणी भट्टाराईले गर्नु भएकोथियो । झन्द्रेकमा आयोजित औपचारिक कार्यक्रमको प्रमुख अथितिमा पाणिनि गाँउ पालिका वडा नं ७ का अध्यक्ष गुनाखर अधिकारीहुनुहुन्थ्यो सो कार्यक्रम स्वतन्त्र पत्रकार डिआरजी सुमनको संचालनमा सम्पन्न भएको थियो । - तस्वीर डिआरजी सुमन / अर्घाखाँचीडटकम् ।

अन्य समाचारहरु