छत्रदेवको बल्कोट क्वारेनटाइनका ७ जनाको स्वाब पीसीआर परिक्षण गर्न भैरहवा पठाइयो

छत्रदेवको बल्कोट क्वारेनटाइनका ७ जनाको स्वाब पीसीआर परिक्षण गर्न भैरहवा पठाइयो

दिपेन्द्र श्रेष्ठ 

बल्कोट, अर्घाखाँची   बैशाख २८ आइतबार (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं ४ बल्कोटको महेन्द्र विद्धा बोध माबिमा रहेको क्वारेनटाइनमा रहेका सात जनाको स्वाबको नमुना संकलन गरी पीसीआर परिक्षणको लागि आइतबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको छ ।


छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल  उपाध्यक्ष तुल्सिदेबी श्रेष्ठ  र पालिका का प्रमुख प्रशाशकिय अधिकृत खिमानन्द भुसाल र बिभिन्न वडाका जनप्रतिनिधिहरुको उपस्थितिमा , जिल्ला जनस्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख पुष्पा थापा,पालिकाका स्वास्थ्य विभागका प्रमुख बुद्धि न्यौपाने,बलकोट स्वास्थ्य केन्द्रका इन्चार्ज डा.वैभव पाण्डे लगायतको तालिमप्राप्त टिमले क्वारेनटाईनमा रहेका ७ जनाको स्वाबको नमुना निकाली परिक्षणको लागि पठाइएको पालिकाका प्रमुख खिमानन्द भुसालले बताउनुभयो । 


प्रदेश ५ अन्तर्गतका अन्य जिल्लाहरुबाट समेत पठाइएका स्वाबको रोलवाइज परिक्षण गर्नु पर्ने र ल्याब मेशिनले दिनभरमा ५०,६० जनाको मात्र परिक्षण गर्नसक्ने हुदा छत्रदेवका सातै जनाको स्वाब परिक्षणको रिपोर्ट आउन ३देखि ४ दिन सम्म लाग्न सक्ने जिल्ला जनस्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख पुष्पा थापाले जानकारी दिनुभयो ।  


क्वारेनटाईनमा रहेका सात जना मध्ये ४ जना भारत बाट १४ दिन अघि  र नेपालगंजबाट छ दिन सम्म कठिन पैदलयात्रा गरेर आएका ३ जना ९ दिन अघिदेखि उक्त क्वारेनटाइनमा रहेको सोही क्वारेन्टाइनमै बसेका युवाहरुले बताए "हामीहरुलाई क्वारेनटाइन त्येस्तो असुविधा केहि छैन समय बिताउन पनि पालिकाले नै ब्याबस्थापन गरेको वाइफाई चलाएर समयको सदुपयोग गरेका छौ दिन गएको पत्तो हुदैन पालिकाले तोकेको दिन र नियम अनुसार हामीहरु क्वारेनटाइन मा बस्न तयार छौ "उनै युवाहरु बताउन्छन् ।

क्वारेनटाइनमा रहेका उनीहरुमा हाल सम्म संक्रमणको कुनै पनि लक्षण भने देखिएको छैन ।उनीहरुको संकलन गरि पठाइएको स्वाबको रिपोर्ट आएपछि मात्रै पालिकाबाट उनीहरुको बिषयमा अर्को निर्णय गरिने छत्रदेव गाउँपालिकाका स्वास्थ्य बिभाग प्रमुख बुद्धि न्यौपानेले बताए । 

अन्य समाचारहरु