खाँचीकोटमा सन्धिखर्क -७ को आ.वा २०७८/०७९ को सार्वजनिक सुनुवाई सम्पन्न (भिडिओ, फोटो फिचर)

खाँचीकोटमा सन्धिखर्क -७  को आ.वा २०७८/०७९ को सार्वजनिक सुनुवाई सम्पन्न (भिडिओ, फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता 

खाँचीकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर -७ खाँचीकोटबाट आर्थिक बर्ष २०७८/०७९ मा सम्पन्न  भएका योजना र कार्यक्रमबारे सार्वजनिक सुनुवाइ कार्यक्रम  सम्पन्न भएको छ ।  


फुदबाङमा  गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागिहरुले वार्ड बाट भए गरेका   कार्यहरु र आगामि कार्यक्रमबारे जिज्ञासा राखेका थिए ।


अर्घाखाँची मिडिया हाउस "अर्घाखाची डट्कम "को  सहजीकरणमा कार्यक्रममा गत बर्षका धेरैजसो योजना सम्पन्न गरेका निवर्तमान जनप्रतिनिधिहरु उपस्थित भएनन । सुनुवाइ कार्यक्रम आयोजक र सहजकर्ताले कार्यक्रमको बारेमा जानकारि दिए पनि प्रतिनिधित्व नजनाएकोमा उपस्थितहरुले गुनासो गरेका थिए  ।


     कार्यक्रममा वार्डबाट भएका गतिबिधिको बारेमा वार्डका सचिव तुलसा श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसै गरी स्वास्थ्य सग समन्धित जिज्ञासाको बारेमा स्वास्थ्य  चौकिकाका इन्चार्ज प्रेम चन्द्र बिकले आफ्नो स्वास्थ्य प्रतिबेदन लगायत बिगतका कृपाकलाप र आगामी योजना बारे प्रश्न कर्ताको जिज्ञासा मेटाउने प्र्यास गर्नु भएको थियो।


 यसि गरी उक्त सुनुवाई कार्यक्रममा भिन्न राजनैतिक दलहरुबाट सहभागी स्थानिय प्रतिनिधिहरुले प्रश्न र जिज्ञासा राखेका थिए। र समन्धित क्षेत्र सग प्रश्न र जिज्ञासाको उतर वार्ड अध्यक्ष लगायत प्राबिधिक हरी खासु र वार्ड सचिबले प्र्श्न कर्ताको जिज्ञासा मेटाउने प्रयास गर्दै वार्डको भाबी योजनाको बारेमा जानकारी दिने प्र्यास गरेका थिए।कार्यक्रममा स्वागत मन्तब्य वार्ड सद्स्य मिना ज्ञवालीले गर्नु भएको थियो ।


कार्यक्रमको सहजिकरण अर्घाखाची मिडिया हाउसको तर्फ देखी सन्तोष कुमार के सीले   गर्नु भएको थियो।  


  कार्यक्रममा अर्घाखाची मिडिया हाउसका संचालक मेहर सिङ् के सी ,माओबादी नेता बाबुराम आचार्य ,जनमोर्चाका वार्ड अधक्ष्य डिलदार हुसेन ,जसपा नेता मनिष सिङ ,काङ्रेस स्थानिय नेता कर्ण बहादुर के सी , नगर कार्यपालिका सद्स्य बसन्त नेपाली , बर्तमान वार्ड सद्स्य डुकलाल पोख्रेल , मिना ज्ञावाली , पुष्पा नेपाली , लगायत जनसहयोग बचत सहकारीका अधय्क्ष जगत प्रसाद आचार्य लगायत आम स्थानिय नागरिकको उपस्थिती रहेको थियो।     
   
खाँचीकोटमा सन्धिखर्क -७  को आ.वा २०७८/०७९ को सार्वजनिक सुनुवाई सम्पन्न (भिडिओ, फोटो फिचर)

अन्य समाचारहरु