नरपानीबाट कांग्रेस नेतृ पुष्पा भुसालले भनिन्; ओली सरकारले देशको ढुकुटी रित्तायो | गठबन्धनको चुनावी कार्यक्रम सम्पन्न (तस्बिरहरु)

नरपानीबाट कांग्रेस  नेतृ पुष्पा भुसालले भनिन्; ओली सरकारले देशको ढुकुटी रित्तायो | गठबन्धनको चुनावी कार्यक्रम सम्पन्न (तस्बिरहरु)

केशब राज ज्ञवाली 

नरपानी, अर्घाखाँची । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा संसदिय दलका सचेतक पुष्पा भुसालले ओलीका पालामा देशको ढुकुटी रित्तिएको आरोप लगाएकी छन् । 


उनले एमाले पार्टी भ्रष्टाचारको नाइके भएको दावी गर्दै अब देशको समृद्धि र प्रगतिको लागि गठबन्धनको नेतृत्व आवस्यक रहेको बताइन् । 


आज सन्धिखर्क -६ का विभिन्न स्थानमा भएको गठबन्धनको संयुक्त कार्यक्रममा उनले यसो भनेकी हुन ।


अबका निर्वाचनबाट स्थानिय  सराकार सगैं प्रदेश र केन्द्रको सरकार पनि सबै गठबन्धनको नेतृत्वमा हुने भुसालको दावी थियो । 


ओली सरकारले देशलाइ दुर्घटनामा लैजान खोजेको बेला काङ्ग्रेसले बचाएको भन्दै नेता भुसालले अब नरपानीलाई पर्यटकिय मात्र नभैइ  धार्मिक स्थल पनि बनाउने बताइन । 


गठबन्धनको संयुक्त चुनावी कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख पदका उम्मेद्बार शान्ता भन्डारी , उप प्रमुखका उम्मेद्बार राजेन्द्र भुसाल र वार्ड न का अध्यक्षका उमेदवार कृष्ण बहादुर आचार्यले जनताको भावना र आबस्यकता अनुरुप अगाडि बढ्ने प्रतिबद्दता जनाए ।

अन्य समाचारहरु