काठमाडौं लगायत देशका बिभिन्न ठाउमा शनिबार बिहानै भुकम्पको धक्का महसुस,नुवाकोटको बेल्कोटगढी केन्द्रविन्दु ।

काठमाडौं लगायत देशका बिभिन्न ठाउमा  शनिबार बिहानै भुकम्पको धक्का महसुस,नुवाकोटको बेल्कोटगढी केन्द्रविन्दु ।

tvs


काठमाडौं लगायत देशका बिभिन्न ठाउमा  शनिबार बिहानै भुकम्पको धक्का महसुस गरिएको छ।   भुकम्प ,बिहान ५:२६ मिनेटमा  भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढीलाई केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का नुवाकोटसहित धादिङ र उपत्यकाका विभिन्न जिल्लामा महसुस गरिएको थियो। यसअघि गत साउन १५ गते खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

त्यस्तै गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो । विज्ञहरूका अनुसार ०७२ सालकै विनाशकारी भूकम्पका पराकम्प जाँदा बारम्बार स–साना भूकम्प मापन भइरहने केन्द्रले जनाएको छ ।

अन्य समाचारहरु