सन्धिखर्कमा लुम्बिनी प्रदेशकी महिला बालबालिका मन्त्री रमा घर्ती, कोभिड-१९ लगायतका विषयमा छलफल

सन्धिखर्कमा लुम्बिनी प्रदेशकी  महिला बालबालिका मन्त्री रमा घर्ती, कोभिड-१९ लगायतका विषयमा छलफल


अशोक खनाल 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । लुम्बिनी प्रदेशकी कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती अर्घाखाँची जिल्लाको सन्धिखर्कमा आएकी छन् । 


 प्रदेश सरकार को मन्त्री परिषदको निर्णय बाट मन्त्री घर्ती अर्घाखाँची  आएकी हुन कोभिड -१९ लगायत जिल्लाको समग्र स्वास्थ अबस्था  बुझ्न् जिल्ला आएकी मन्त्री घर्तीले जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी ,सन्धिखर्क नगर पालिकाका नगरप्रमुख जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरु स्वास्थ कार्यालय, अर्घाखाँची अस्पताल ,जिल्ला समन्वय अधिकारी,उधोग बाणिज्य संघ , नेपाल चेम्बर अफ कमर्श , नेपाल पत्रकार महासंघ का प्रमुखहरुसग जिल्लाको अबस्थाको बारेमा परामर्श गरेकी थिइन् ।


जिल्ला प्रशासनको कार्यालयमा  भएको छलफल तथा अन्तरक्रिया  मा पहिलो भेरियन्ट तथा दोश्रो भेरियन्टमा देखिएको  समस्या चुनौती  त समाधान को बारेमा व्यापक छलफल  गर्दै तेस्रो भेरियन्ट को लागी पुर्ब तयारिमा लाग्न निर्देशन दिदै प्रदेश सरकार बाट कुनै पनि कमि हुन नदिने प्रतिबद्धता ब्यक्त गरेकी थिइन् । 


  छलफल प्रस्यात मन्त्री घर्ती अर्घाखाँची अस्पताल पुगि बिरामीको अबस्थाको बारेमा जानकारी लिएकी थिइन मन्त्री सगै उक्त मन्त्रालय का सचीव राजेन्द्र थापा पनि अर्घाखाँची आएका थिए । 

अन्य समाचारहरु