जिल्ला समन्वय समिति पाल्पाको प्रमुखसहित सबै पदमा एमालेको प्यानल नै विजयी

जिल्ला समन्वय समिति पाल्पाको  प्रमुखसहित सबै पदमा एमालेको  प्यानल नै विजयी

माधव खनाल 

पाल्पा । जिल्ला समन्वय समिति पाल्पाको  प्रमुखसहित सबै पदमा नेकपा एमाले को  प्यानल नै विजयी भएको छ।

जिल्ला समन्वय समिति पाल्पाको नयाँ नेतृत्व चयनका लागि शुक्रबार  भएको निर्वाचनमा प्रमुख पदमा टंकनाथ खनाल र  उपप्रमुख मा कासिका गैरे सहित सबै सदस्य पदमा नेकपा एमाले  विजयी भएको हो ।

गठबन्धन का उमेदवार यमलाल तिमिल्सिना लाई २ मतान्तरले पछि पार्दै खनाल  विजयी भएका हुन् । उपप्रमुखमा गैरे पनि २मतान्तरले नै विजयी भएकि हुन् ।

त्यस्तै सदस्यमा एमाले को तर्फबाट  बसन्ता ज्ञवाली,केशमाया सुनार,बिष्णु घिमिरे,केशवराज खराल,भविशरा सारु,रितमाया श्रेष्ठ र प्रताप सिंह थापा विजयी भएका छन् ।

पाल्पा जिल्ला समन्वयको निर्वाचनका लागि २० जना मतदाता रहेका थिए । १० स्थानीय तहका प्रमुख/अध्यक्ष एवम् उप-प्रमुख/उपाध्यक्षले मतदान गरेका थिए ।

अन्य समाचारहरु