खिदिम २३ औ गाबिसको रुपमा खुल्ला दिशामुक्त घोषणा, दुर्गम र ठुलो सिद्धारा गाबिस खुल्ला दिसा मुक्त अभियानमा बाधक नबन्ने

बसन्त श्रेष्ठ

खिदिम, अर्घाखाँची जेठ २३ । अनुदान होईन हाम्रो स्वाभिमान, खुल्ला दिशामुक्त खिदिम गाबिस हाम्रो अभियान भन्ने मुलनाराका साथ खिदिम गाबिस जिल्लाको २३ औ गाबिसको रुपमा खुरुल्ला दिशामुक्त घोषणा भएको छ ।

खिदिममा भएको कार्यक्रमको ख्धबकजअअ का जिल्ला अध्यक्ष एवं स्थानिय बिकास अधिकारी हेमराज भुसाले पर्दाअनावरण गरेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रमा बोल्दै स्थानिय बिकास अधिकारी हेमराज भुसाले सबैमिलेर अगाडि बढे जस्तो सुकै कार्य पनि गर्न सकिने बताउनु भएको थियो । समग्र जिल्लाकै काउन डाउन सुरु भएको बताउदै भुसाले जिल्लाले सरसफाईको क्षेत्रमा ठुलै फड्को मार्ने बताउनु भयो ।

जम्मा ८५५ घर धुरी रहेको खिदिम गाबिसमा अभियान सञ्चालन हुनु पुर्व ४३० मात्र सुरक्षित शौचालय निर्माण भएका थिए । अभियान सञ्चालन भएपछि ४२२ शौचालय निर्माण गरि गाबिसलाई खुल्ला दिशा मुक्त गाबिस घोषणा गरिएको छ ।

कार्यक्रमा नेपाली काग्रेसका जिल्ला सचिब लोकेन्द्र बिक, एमालेका जिल्ला उपाध्यक्ष जिवनारायण आचार्य , एमाओबादीका प्रतिनिधी राजेन्द्र नेकपा माओवादीका सेक्रेटरी भेषराज भुसाल , जिल्ला खानेपानीका इन्जिनियर सुरेन्द्र शर्मा ,शिक्षा कार्यलयका नारायण भुसाल , गाबिस हकहित संरक्षण केन्द्रका रुकेन्द्र पालुङ्गे, युन ह्याबिट्याटका बिष्णु दबडी , नेष्टका बिनोद धौलागिरी , रेडक्रसका सम्भुप्रकास पोखरेल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा पुर्व गाबिस सचिब रुकेन्द्र पालुङ्गे र फर्साटाकुरा उच्च माबिलाई सरसफाईमा सहयोग गरे बापत सम्मान गरिएको छ ।

खुल्ला दिसा मुक्त अभियानमा सिद्धारा बाधक नबन्ने

सिद्धारा । अर्घाखाँचीको दुर्गम र ठुलो सिद्धारा गाबिसलाई समयमै खुल्ला दिसामुक्त घोषणा गरिने त्यस क्षेत्रमा क्रियासिल राजनितिक दलका नेताहरुले प्रतिबद्धता जनाएका छन ।
 
सिद्दारा गाबिस स्थित स्थानिय स्वास्थ्य चौकी ।
 
अर्घाखाँचीलाई सन २० १४ भित्रमा खुल्ला दिसा मुक्त जिल्ला बनाउने अभियान चलिरहेका बेला सो गाबिस बाधक बन्छ कि भन्ने आसँका चलिरहेका बेला उनिहरुले सिद्धारालाइ अन्तिम हुन नदिने र चाडै नै खुल्ला दिसामुक्त गाबिस घोषणा गर्ने बताएका छन । सिद्धारा गाबिसको वडा नम्बर ४ खुल्ला दिसामुक्त घोषणा सभामा बोल्दै काँग्रेसका रिषिराम भुसाल , एमालेका धन प्रसाद पोखरेल र एकिकृत माओबादिका भिम केसिले सो प्रतिबद्धता जनाउनु भएको हो ।

सरकारले नेपालललाई सन २०१७ भित्रमा खुल्ला दिसा मुक्त राष्ट्र घोषणा गर्ने राष्टपति गुरु योजना लागु गरेको छ । सोहि अभियानलाइ सफल पार्न अर्घाखाँची जिल्लालाइ पनि सन २० १४ भित्रमै खुल्ला दिसा मुक्त जिल्ला घोषणा गरिने योजना रहेको छ ।

यसैबिच आज खिदिम गाबिसलाई एक कार्यँक्रमका बिच खुल्ला दिसा मुक्त गाबिस घोषणा गरिएको छ । यो सँगै खुल्ला दिसामुक्त हुने गाबिसको सङख्या अर्घाखाँचीमा २३ पुगेको छ । थप ६ वटा गाबिस तत्काल खुल्ला दिसामुक्त हुनको लागी मापदन्ड पुरा गरिसकेका छन ।

अन्य समाचारहरु