अर्घामा ७८ बर्षिया वृद्वा मृत फेला

अर्घामा ७८ बर्षिया वृद्वा मृत फेला

अर्घाखाँचीडट्कम संवाददाता 

अर्घा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर -९ अर्घामा एक वृद्वा मृत फेला परेकी छन् । 

अर्घाकी ७८ बर्षिया गुन कला खत्री झुन्डिएको अवस्थामा बिहीवार बिहान मृत फेला परेकी हुन् ।

अर्घा बिहार प्रहरी चौकीका अनुसार गुन कला बुधवार आफ्नो कोठामा नातिनीसँग सुतेकी थिईन् र बिहान परिवार, छिमेकीहरुले खोज्दै जादा अमिलाको बोटमा   झुन्डिएको अवस्थामा फेला परेका थिए । 

प्रहरीले आत्महत्या गरेको अनुमान गरेको छ । मृत्‍युको कारण खुल्न नसकेको र मृतकको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको प्रहरीले बताएको छ । 

अन्य समाचारहरु