भारतीय सिमाना मूर्तिहाको जंगलमा निहुरो टिप्न गएका एक नेपालीमाथि गोली प्रहार

भारतीय सिमाना मूर्तिहाको जंगलमा निहुरो टिप्न गएका एक नेपालीमाथि गोली प्रहार
बर्दियासँग जोडिएको भारतीय सिमाना मूर्तिहाको जंगलमा निहुरो टिप्न गएका एक नेपालीमाथि गोली प्रहार भएको छ ।

हिजो बेलुकी निहुरो टिप्न गएका गुलरिया नगरपालिका–३ का ५४ वर्षीय हेमराज गोडियामाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

गोली लागेर भाग्दै घर नजिक पुगेका घाइते गोडिया केहीबेर पछि बेहोस भएका थिए । उनी होसमा आएपछि घरमा फोन गरी आफन्तलाई बोलाएका थिए । राति नै उनलाई एम्बुलेन्समा उपचारका लागि गुलरिया अस्पताल ल्याइएको थियो ।

अत्याधिक रगत बगेका कारण उनको मृत्यु भएको प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर शाहीले बताउनुभयो । गोडियालाई कसले गोली हानेको हो अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

भारतीय वन रक्षकले गोली प्रहार गरेको प्रहरीले आशंका गरेको छ । कतरनिया वन्यजन्तु आरक्ष भएका कारण अनधिकृत रुपमा जंगल प्रवेश गरेको भन्दै वन रक्षकले गोली हानेको शंका गरिएको छ । गोडियाको शव गुलरिया अस्पतालमा शव परीक्षण पछि आफन्तले बुझेर लगेका छन् इमेजले  उल्लेख गरेको छ। 

अन्य समाचारहरु