किमडाँडामा माेटरसाईकल दुर्घट्ना हुँदा नुवाकोटका एक जनाकाे मृत्‍यु

किमडाँडामा माेटरसाईकल दुर्घट्ना हुँदा नुवाकोटका एक जनाकाे मृत्‍यु

हरि प्रसाद भुसाल 

किमडाँडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिकामा भएकाे माेटरसाईकल दुर्घट्नामा एकजनाकाे ज्यान गएकाे छ ।

सन्धिखर्क नगरपालिका वडा नं ८ किमडाँडाको पकलेदेखि सन्धिखर्क आउँदै गरेको लु.११ प. ८६३९ नम्बरको माेटरसाईकल दुर्घटनामा भुमिकास्थान नगरपालिका वडा नं ७ निवासी ६९ बर्षिय बलराम पाैडेलकाे ज्यान गएकाे हाे ।

दुर्घटनामा गम्भिर घाईते भएका पाैडेलकाे उपचारकाे क्रममा अर्घाखाँची अस्पतालमा ज्यान गएकाे पारिवारीक स्राेतले जानकारी दिएकाे छ ।

अन्य समाचारहरु