उखलेर फालिन्छ (कविता)

उखलेर फालिन्छ (कविता)

यम लामा

कोपीला भै फक्रीनेलाई
पानी हालीन्छ
मुना भनी भाँची दिनेलाई
काँडेबार लाईन्छ
वरपीपल भै शीतल दिनेलाई
चौबाटोमै रोपिन्छ 
झार भै बारी ढाक्नेलाई
उखलेर फालीन्छ !

बोक्रा बरु काम लाग्छ
खोक्रो त के गर्नु 
एउटा बचन पुरा होला
धेरै बोलेर के गर्नु 
चञ्चल मन उडी रहने
हाम्फालेर के गर्नु 
स्वर्गको बयान ईन्द्रले गर्छ रे
धर्तीमा के गर्नु 
अगाडी हेर्दा राम्रो नै देखीन्छ 
पछी दुलोपर्छ के गर्नु !!

अँध्यारो चिर्ने जूनतारालाई
निन्दुलेले देखेनछ
संसार जीतेर उत्सव मनाएको 
सपना पो उसले बाँडेछ
कती तारा झरेर गए कती विलाए
यसरी रातदोहोरी रहेछ
यात्रीको यात्रा अवीरल रुपमा
यसरी अगाडी बढदैछ
क्षीतीज पारीको गन्तब्य पुग्न
संघर्ष अझै चल्दैछ !!!

कोपीला भै फक्रीनेलाई
पानी हालीन्छ
मुना भनी भाँची दिनेलाई
काँडेबार लाईन्छ
वरपीपल भै शीतल दिनेलाई
चौबाटोमै रोपिन्छ 
झार भै बारी ढाक्नेलाई
उखलेर फालीन्छ ..........................।