ठाडामा निः शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

ठाडामा  निः शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको ठाडामा बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना रेडियो शितगंगा एफएमको बिशेष सहयोग र साझा हस्पिटल प्रा ली को प्राविधिक सहयोगमा निः शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ।


साझा हस्पिटल प्रा.ली का डाक्टहरुले विभिन्न रोग बाट ग्रसित बिरामि हरुको उपचार गरी निशुल्क औषधी पनी बितरण गरेका हुन । साझा हस्पिटल बुटवलका हाडजोर्नी बिषेसज्ञ, नसा रोग बिषेसज्ञ,महिला तथा बालबालिका , जरनल फिजिसियन डाक्टर हरुले शिबिरमा सहभागिहरुको चेकजाँच गर्नु भएको थियो । शिबिरमा शितगंगा नगरपालिकाका बिभिन्न वडाका करिव २५० जनाले सेवा लिएका छन ।

कार्यक्रममा बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड का अध्यक्ष मधु अधिकारीको अध्यक्षता , सितगंगा नगरपालिकाका नगरप्रमुख सुर्य प्रसाद अधिकारीको प्रमुख आथित्यता अथिती हरुमा साझा हस्पिटल प्रा .ली का डा. सागर रिमाल , प्रदिप कुमार श्रीबास्तव, रोजन विक्रम थापा , हिमाल पन्थि , लक्ष्मण शर्मा , मेघराज भटराई लगायतका डाक्टर हरुले शिबिरमा सेवा उपलब्ध गराएका थिए शिबिरमा करिव ३ लाख बराबरको ओैषधी समेत बितरण गरिएको छ ।

अन्य समाचारहरु