पर्यटनको प्रचुर संभावना बोकेको सेङ्ग्लेङ्ग आरिचौर, धनचौर क्षेत्रको मुहार फेर्ने अभियानमा मेयर झबिलाल थापा

पर्यटनको प्रचुर संभावना बोकेको सेङ्ग्लेङ्ग आरिचौर, धनचौर  क्षेत्रको मुहार फेर्ने अभियानमा मेयर झबिलाल थापा

केशबराज ज्ञवाली 

धनचौर, अर्घाखाचीप्राकृतिक सुन्दरता र बिबिधताले भरिएको जिल्ला हो अर्घाखाँची जिल्लाको सबैजसो स्थानहरुका आ आफ्नै किसिमका विशेषता छन त्यसैमा  पनि भुमिकास्थान नगरपालिका वार्ड न १० पा पर्ने सेङ्ग्लेङ्ग क्षेत्रको आफ्नै विशेषता रहेको छ । 

नगरपालिकाको दक्षिण भागमा अवस्थित यो क्षेत्रको बिकास र सम्बृद्दिको लागि पर्यटन प्रवर्द्धननै मुख्य आधार भएको महशुश गर्दै अब सेङ्ग्लेङ्ग , धनचौर सहितको बिकासको लागि 

आकर्षक होम स्टे को ब्यबस्थापन गर्दै पर्यटन ब्यबसायलाइ यहाको मुख्य श्रोत बनाउने तर्फ सबैलाइ लाग्न थापाले अनुरोध गरेका छन ।

          सेङ्ग्लेङ्ग्लाइ ब्यबस्थित र आकर्षक होमस्टे क्षेत्रको रुपमा बिकास गर्दै पर्यटन ब्यबसायबाट स्थानियको जिबिकोपार्जनमा सुधार ल्याउदै समग्र भुमिकास्थान नगरको बिकासमा टेवा पुर्याउन सकिने मेयर थापाको बुझाइ रहेको छ ।

     कहाँनेर पर्छ ?  सेङ्ग्लेङ्ग , आरिचौर र धनचौर ।

        भुमिकास्थान नगरपालिकाको वार्ड न १० मा  पर्ने सेङ्ग्लेङ्ग समुद्री सतहबाट करिब १७०० मिटरको उचाइमा पर्दछ । सन्धिखर्क - गोरुसिङ्गे सडक खन्डको सुपा- घुम्टि बाट ११ किलोमिटर , खांचिकोटको खांचि मैदान बाट करिब १५ किलोमिटर ,जिल्लाको  सदरमुकाम सन्धिखर्क बाट भालुवाङ सडक खन्डको टोड्के बाट ३ किलोमिटरको दुरिमा यात्रा गरेपछि सुन्दर सेङ्ग्लेङ्ग पुग्न सकिन्छ । क्रमश सेङ्लेङ्ग देखि उत्तर तर्फको तल्लो भागमा आरिचौर र आरिचौरको तल्लो भागमा धनचौर पर्दछ ।

          एतिहासिक सेङ्ग्लेङ्ग दह , शिलान्यास भैसकेको पस्चिम पाथिभरा मन्दिर , देवि भगवति मन्दिर यहाका मुख्य एतिहासिक तथा सांस्कृतिक सम्पदा हुन । चैते दशैको मेला , जेठ महिनाको पुर्णिमामा लाग्ने मेला यहाका आफ्नै संकृति हुन । करिब १२०० जनसंख्या भएको यस क्षेत्रमा ९० प्रतिशतको हाराहारिमा जनजाति समुदाय बस्दछन भने बाकि ब्राह्मण , क्षेत्री , दलित समुदाय पनि बस्दछन ।

        चिसो हावापानी ,बिभिन्न  समुदाय बिचमा आत्मियता यस क्षेत्रका विशेषता मानिन्छन । 

        यहा बार्है महिना नसुक्ने सिमसार क्षेत्रको सुचिमा रहेको सेङ्ग्लेङ्ग दहको संरक्षणका लागि वरिपरि तारबार र पानीको ब्यबस्थापन गर्दै दहको सुन्दरता बढाउन आफुहरु लागिपरेको वारड न १० का वार्ड अध्यक्ष खगेश्वर पन्थिले अर्घाखाँची डटकमलाइ बताएका थिए । उनले यस क्षेत्रको बिकासका निम्ति डिपिआर तयार गरिसकिएको र आरिचौरमा गेट निर्माण गर्ने तयारि पनि गरिएको बताएका छन ।

अन्य समाचारहरु