सन्धिखर्कमा माटाेकाे अम्लीय पन र छारीय पनकाे जाँच गरि उत्पादन बढाउन माटाे परिक्षण शुरु

सन्धिखर्कमा माटाेकाे अम्लीय पन र छारीय पनकाे जाँच गरि उत्पादन बढाउन माटाे परिक्षण शुरु

प्रेमनारायण आचार्य 

सन्धिखर्क ।  अर्घाखाँचीकाे सन्धिखर्कमा माटाेकाे अम्लीय पन र छारीय पनकाे जाँच गरि उत्पादन बढाउन माटाे परिक्षण शुरु गरिएको छ । 

  सुपा देउराली एग्रीकल्चरल रिसर्च एण्ड सिड प्रालि सन्धिखर्कले माटाे परिक्षण गरि उत्पादन बढाउन तथा कुन स्थानमा कुन खेती हुन्छ साेहि अनुसारको खेती गर्न माटाे परिक्षण शुरु गरेकाे हाे । 

सन्धिखर्क नगरपालिका संग सम्झौता गरेर माटाे परिक्षण कार्य शुरु गरिएको सुपा देउराली एग्रीकल्चरल रिसर्च एण्ड सिड प्रालिका प्रबन्धक युवराज पाैडेलले बताए । 

कार्यक्रममा प्रबन्धक युवराज पाैडेल, सचिव गणेश बन्जाडे, माटाे विज्ञ नारायण प्रसाद भुसाल , ब्यबस्थापक बिन्दु थापा लगायतको उपस्थिति रहेको थियोे ।

अन्य समाचारहरु