अर्घाखाँचीमा रद्द भएका ४ जना म्यादी प्रहरीको सट्टामा नयाँ नियुक्ती

अर्घाखाँचीमा रद्द भएका ४ जना म्यादी प्रहरीको सट्टामा नयाँ नियुक्ती

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि छनौटमा रद्द भएका ४ जना म्यादी प्रहरीको नियुक्ती भएको छ । 


४ जना म्यादी प्रहरीको भर्ना रद्द भएपछि उनिहरुको बादलीमा नयाँलाई नियुक्ती गरिएको हो ।  

म्यादी प्रहरीका लागि नियुक्ती भएका ४ जना तालिममा नआएको भन्दै प्रहरीले छनौट रद्द गरेको थियो । साथै उनिहरुको सट्टामा अरु ४ जनालाई बदली गरेको प्रहरीले बताएको छ । 

जिल्लामा  म्यादी प्रहरीका लागि झण्डै २ हजार १ सय ३५ जनाले आवेदन दिएकोमा ८ सय ८२  जनाको अन्तिम नाम सार्वजनिक जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 

अन्य समाचारहरु