दाङमा राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नेको लहर, घोराहीमा दर्जनौं युवा प्रवेश गरे

दाङमा राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नेको लहर, घोराहीमा दर्जनौं युवा  प्रवेश गरे


दिनेश रैदास

 दाङ । घोराही उपमहानगर पालिका–५ को धर्नामा दर्जनौं युवा राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । आइतबार एक कार्यक्रमको आयोजना गरी राजमोले युवाहरुलाई पार्टीमा स्वागत गरेको छ ।

पार्टी प्रवेश गर्नेहरूमा सन्दीप भण्डारी, मनिस बिक, नबिन बस्नेत, सिरिन्च भण्डारी, शिरिधर नेपाली, नबिन बिक (ख), अजय सुनार, सुनिल चौधरी, शक्तिराम चौधरी, शंकर खत्री, अनिल भण्डारी, योगराज डागी, पुस्कर बिक, शिरिधर भण्डारी, शुसिल चौधरी, सबिन चौधरी लगाएत छन् ।

त्यसक्रममा नवप्रवेशी युवाहरुले ठोस परिस्थितीको ठोस विश्लेषण गर्न सक्ने र किसान, मजदुरहरुको समस्यालाई उठाउँदै शोषित पीडित जनतालाई साथमा लिएर अघि बढेको पार्टी राजमो नै भएकोले आफूहरु राजमोमा प्रवेश गरेको युवाहरुले बताए । कार्यक्रमको सञ्चालन अखिल नेपाल युवक संघका मनिस बिकले गर्नुभएको थियो ।

अखिल नेपाल युवक संघ दाङ जिल्ला सदस्य सुमन घर्ती र घोराही नगर उपाध्यक्ष संजयसिंह वलीको पहलमा युवाहरु प्रवेश गरेका हुन् ।

अन्य समाचारहरु