हंसपुरको श्री बैद्यनाथ मावि र श्री वराह आधारभूत विद्यालयलाई राष्ट्रिय जनमोर्चाद्धारा भैलोबाट आर्थिक सहयाेग

हंसपुरको श्री बैद्यनाथ मावि र श्री वराह आधारभूत विद्यालयलाई राष्ट्रिय जनमोर्चाद्धारा भैलोबाट आर्थिक सहयाेग


अर्घाखाँचीडट्कम संवाददाता 

हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाँउपालिका वार्ड नं ७ हंसपुरको श्री बैद्यनाथ माविलाई राष्ट्रिय जनमोर्चाले प्रगतिशिल भैलोबाट संकलन गरेको रकम सहयाेग गरेकाे छ ।


हंसपुर बामरुकको श्री बैद्यनाथ माविलाई राष्ट्रिय जनमोर्चाले प्रगतिशिल भैलो २०७८ बाट संकलन गरेको १० हजार रुपैया रकम सहयाेग गरेकाे हो ।
      
श्री बैद्यनाथ माविको शैक्षिक बिकासकाे लागि कक्षा ११र १२ कक्षा संचालनको लागि उक्त रकम सहयोग गरेको छ ।

कमिटीका अध्यक्ष सुरेन्द्र बस्नेतबाट विद्यालय प्रधानाध्यापक मान बहादुर कुँवरलाई हस्तान्तरण गर्नु भएको छ । 

यस्तै मालारानी गाउँपालिका वार्ड नं ७ अबस्थित श्री वराह आधारभूत विद्यालयलाई राष्ट्रिय जनमोर्चा ७ वडा कमिटीका सदस्य कृष्ण ब थापा प्रेम नेपाली र मान बहादुर नेपालीबाट विद्यालयका प्रधानाध्यापक  गिरिराज मरासिनीलाई ५ हजार रुपैया हस्तान्तरण गर्नुभएको छ ।

अन्य समाचारहरु