अत्यधिक हावाहुरी र वर्षाले घर भत्किदा बाजुरामा चार जनाको मृत्यु

- अर्जुन शाह
 
बाजुरा  - बिहीबार राति चलेको अत्यधिक हावाहुरी र वर्षाले घर भत्किदा बाँधु गाविस ९ पीपल डाडीमा चार जनाको मृत्यु भएको छ ।

सुकिली सार्कीको घर भत्किका ६० वर्षीया सुकिली आफै, उनकी नातिनी १४ वर्षीया करिष्माको मृत्यु भएको छ । यस्तै, दत्त कार्कीको घर भत्किदा उनका १२ वर्षीय छोरा लोकराज कार्कीको मृत्यु भएको छ भने प्रल्हाद लोहारको घर भत्किदा उनका ३ वर्षीय छोरा दिपेन्द्र लोहारको मृत्यु भएको हो ।

दत्त कार्कीकी छोरी झरना, धर्मा र बुवा रंग लोहार गम्भिर घाइते छन् भएको थाहा भएको छ । गम्भीर अवस्था रहेको उनीहरुको कोल्टीस्थित नविन मेडिकलमा उपचार भइरहेको छ ।

सदरमुकाम मार्तडीदेखि एक दिनको पैदलमा पर्ने घटनास्थलमा सुक्रवार विहानै प्रहरी परिचालित भइ सकेको प्रहरी नायव उपरिक्षक बहादुरजंग मल्लले बताए । हावा हुरी र वर्षाकै कारण अन्य १२ घर समेतमा क्षति पुगेको बताइएको छ ।

वर्षा र हावाहुरीकै कारण बाजुरा विमानस्थलमा समेत क्षति पुगेर उडान अवरुद्ध भएको प्रहरीले जनाएको छ । अन्य पूर्वाधार क्षतिको अझै विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु