खिदिमको महादेव आधारभूत विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थी आधारभूत राहत वितरण ( तस्वीर / भिंडियों रिपोर्ट सहित )

खिदिमको महादेव आधारभूत विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थी आधारभूत राहत वितरण ( तस्वीर / भिंडियों रिपोर्ट सहित )


डिआरजी सुमन

खिदिम , विहिवार ५ फागुन २०७८  अर्घाखाँची डटकम् । पाणिनी गाँउपालिका वडा नं ३ खिदिमको महादेव आधारभूत विद्यालयमाअध्ययनरत एकै घरका चारजना विद्यार्थीलाई जाडोका कपडा,विद्यालय पोशाक देखी स्टेशनरी सामग्री समेत नभएको खवर पाएपछीयुवासंघ खिदिमका अध्यक्ष किरण जीसी को नेतृत्वमा तत्काल आधारभूत राहत वितरण भएको छ ।


सामान्य त्रिपालमुनी वस्दै आएकोविपन्न घरमा केही दिन पहिला पाणिनि गाँउ पालिका ३ का वडा सदस्य ओमप्रकाश भूसाल र कुल वहादुर गाहाको पहलमा आवासनिर्माण गरिएको वताउदै यस परिवारमा धेरै सहयोग आवश्यक रहेको भूसालको भनाई छ ।


पाणिनि गाँउ पालिका ३,खिदिमको एकविपन्न परिवार लाई राष्ट्रीय युवासंघ नेपालको खिदिम वडा कमिटी द्वारा आज आधारभूत राहत सामग्री वितरण भएको छ ।


राष्ट्रीय युवासंघ पाणिनि पालिका कमिटी अध्यक्ष वसन्त केसी,झविन सुनाम,पुस्कर घिमिरे,स्वतन्त्र पत्रकार डिआरजी सुमन सहितकोराहतकर्मी टोली विद्यालयमा पुगेर चामल,तेल,नुन,कापी,कपडा लगायतको सामग्री पिडित परिवारलाई वितरण गरेको छ । यसरी विपन्नपरिवार लाई राहत वितरण गरेको प्रति विद्यालय व्यावस्थापन समिती अध्यक्ष त्रिभुवन पाण्डे र प्रधानाध्यापक निर्माला ज्ञावलीले राष्ट्रीययुवा संघ खिदिमलाई धन्यवाद दिनु भएको छ ।


आफु निकै विपन्न भएको र यसरी राहत पाउदा खुसी लागेको पिडित गणेश परियार रपार्वती परिवारले अर्घाखाँची डटकम व्युरो प्रमुख डिआरजी सुमन सँग वताउनु भएको छ । - तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।

अन्य समाचारहरु