सवारी लाइसेन्समा नयाँ नियम वर्ग थप गर्न लिखित परीक्षा दिनु नपर्ने सिधै ट्रायल

सवारी लाइसेन्समा नयाँ नियम  वर्ग थप गर्न लिखित परीक्षा दिनु नपर्ने  सिधै ट्रायल
 सवारी लाइसेन्समा वर्ग थप गर्न लिखित परीक्षा दिनु नपर्ने भएको छ । एकपटक लाइसेन्सको लिखित परीक्षा पास गरेकाहरुले अब अर्को सवारी चलाउने अनुमति लिन लिखित परीक्षा नलिने निर्णय भएको छ ।

अहिलेसम्म कायम रहेको व्यवस्था अब्यवहारिक र चालक मैत्री नभएको भन्दै यातायात ब्यवस्था विभागले नयाँ ब्यवस्था गरेको हो । विभागमा आएका नयाँ महानिर्देशक रुपनारायण भट्टराईले शुक्रबार यस्तो निर्णय गरेका हुन् ।

अब एकपटक लाइसेन्समा लिखित परीक्षा पास भएकाहरुले अर्को सवारी चलाउने अनुमति लिन सीधै ट्रायलको फारम भर्न सक्नेछन् । अहिलेसम्म लाइसेन्समा बर्ग थप्न पनि दोहोर्‍याएर लिखित परीक्षा दिनुपर्ने बाध्यता छ ।

नयाँ ब्यवस्थाले चालकहरुलाई सजिलो हुने र कार्यालय ब्यवस्थापनमा पनि सहज हुने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले  बताए ।

अन्य समाचारहरु