पाणिनी पर्यटन समाज अर्घाखाँचीद्वारा वाढीले छोरा गुमाएका परिवारलाई राहत स्वरूप खाद्यान्न वितरण

पाणिनी पर्यटन समाज अर्घाखाँचीद्वारा वाढीले छोरा गुमाएका परिवारलाई राहत स्वरूप खाद्यान्न वितरण

डिआरजी सुमन

पटौटी, अर्घाखाँची २१ साउन अर्घाखाँची डटकम । पाणिनी गाँउ पालिकामा स्थापित पाणिनी पर्यटन समाज अर्घाखाँचीद्वाराअविरल वर्षापछि आएको वाढीका कारण पटौटी देखी गत असार ६ गते छोरा गुमाएका सन्त वहादुर नेपालीलाई राहत स्वरूपचामल,दाल , तरकारी, नुन,तेल लगायतका खाद्यान्न वितरण गरेको छ ।


२०७७ असार ६ गते परेको अविरल वर्षाको कारण स्थानीयजुकेखोला ले वगाई सन्त वहादुर नेपालीको छोराको मृत्यु भएको थियो । यसरी खोलाले वगाएको तेस्रो दिनमा पाणिनी पर्यटन समाजअर्घाखाँची के उद्धार टोलीले दुर्गाफाट स्थित दुर्गाखोलामा मृत अवस्थामा नेपालीलाई फेला पारेको थियो ।


पाणिनी गाँउ पालिका वडा नं ४ का वडा अध्यक्ष स्थानेश्वर घिमिरेको अध्यक्षता रहेको राहत वितरण कार्यक्रम पाणिनी पर्यटन समाजअर्घाखाँचीका सचिव केशव वन्जाडे को स्वागत मन्तव्य तथा संस्थाका अध्यक्ष झविन सुनामको संचालनमा सम्पन्न भएको छ । 


पाणिनी गाँउपालिका वडा नं ४ को वडा कार्यालयमा कार्यक्रम संचालन गर्दै पाणिनी पर्यटन समाज अर्घाखाँची का अध्यक्ष झविन सुनामलेपाणिनी पर्यटन समाजका उपादक्ष्य धुर्वराज घिमिरे सहितको उद्धार टोलीले मृत अवस्थामा खोला वगरमा भेटाउन सफल भएकोमाधन्यवाद ज्ञापन गर्दै पाणिनी पर्यटन समाज पाणिनी वाँसीको दुख सुखमा साथीको भूमिका खेलेको वताउनु भयो । पाणिनि गाँउ पालिकावडा नं ४ वडा अध्यक्ष स्थानेश्वर घिमिरे,पाणिनी पर्यटन समाज सचिव केशव वन्जाडे,पत्रकार डिआरजी सुमन को मन्तव्य रहेकोकार्यक्रममा ४ नं वडा अध्यक्ष ले पाणिनी पर्यटन समाज अर्घाखाँची उद्धार तथा राहतकार्यमा जुटेको प्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो।


पाणिनी गाँउ पालिका वडा ४ को कार्यालयमा सम्पन्न कार्यक्रममा समाजका उपादक्ष्य धुर्वराज घिमिरे,सचिव केशव वन्जाडे,सदस्यपुस्कर घिमिरे,राम प्रसाद भट्टराई,खुम वहादुर सुर्यवंशी,४ नं वडा सदस्य शालिकराम घिमिरे,राधिका घिमिरे,राम वहादुर थापा,वडा सचिवरवीन्द्र न्यौपाने,स्थानीय समाजसेवी कृष्ण गैरे लगायतको उपस्थितमा राहत वितरण गरिएको छ ।


तस्वीर कृष्ण गैरे/अर्घाखाँची डटकम्

अन्य समाचारहरु