ढिकुराका कृषकको माग- उत्पादन बिक्री गर्ने ठाउँको व्यवस्था मिलाई दिन पर्‍यो

ढिकुराका  कृषकको माग- उत्पादन बिक्री गर्ने ठाउँको व्यवस्था मिलाई दिन पर्‍यो

पारस भट्टराई 

ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ढिकुराका  कृषकलाई अनुदान भन्दा पनि उत्पादन भएको सामाग्री बिक्री गर्ने ठाउँको ब्यबस्था मिलाईदिन कृषक बिष्णु भट्टराईले सुझाब दिनुभएको छ।


अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका बडा नम्बर ९ ढिकुरा मा लामो समय देखि कृषि पेशामा लाग्नुभएका कृषक बिष्णु भट्टराई ले कृषकहरु लाइ अनुदान भन्दा पनि उत्पादन भएको सामाग्री बिक्री गर्ने ठाउँ को ब्यबस्था मिलाईदिन सम्बन्धित निकायलाई सुझाव दिनु भएको हो । 


आफुले लामो समय देखि कृषि गर्दै आउनुभएको कृषक भट्टराई को बारीमा अहिले बर्खा याममा जस्तो हरियाली बातावरण देखिन्छ। उहाँ को बारीमा अहिले काक्रा हरु लटरम्मै फुलेका र केही काक्रा फल्न थालेका छन्। बारीमा अहिले आलु तयार भईसकेका छन। करिब एक क्विन्टल आलु तयार भईसकेका छन् तर उक्त तयारी आलु बिक्री गर्न भने कृषक भट्टराई लाई हम्मेहम्मे पर्ने बताउनु भएको छ।

उहाँ को अबको केही दिनमा  लसुन र प्याज गरी एक क्विन्टल भन्दा बढी उत्पादन हुदैछ। यसलाई बजार मूल्य मा बिक्री गर्न सकीयो भने मनग्य आम्दानी हुने भट्टराई ले बताउनु भएको छ। उहाँले कृषि पेशामा लागे देखि नै उत्पादन भएको सामाग्री बिक्री गर्न निकै गाह्रो भएको जानकारी गराउनु भएको छ।


उहाँले बारीमा मौसम, सुन्तला, कागती र अमिलो लगायतका विभिन्न प्रकारका फलफूल लगाउनु भएको छ। फलफूल उत्पादन हुने समयमा उहाको बारीमा करिब एक क्विन्टल फलफूल उत्पादन हुने गर्दछ।


उहाँले मौरी पालन पेशालाई पनि संगसंगै अगाडि बढाउन सफल हुनुभएको छ ‌। उहाँ को घर मा अहिले दश घार मौरी छन्। समयमा उक्त मौरी बाट करिब साठी/ सत्तरी किलो मह काढ्न सफल हुनुहुन्छ।

उत्पादन गर्दा धेरै रकम खर्च गर्नु पर्ने तर बच्ने बेला ग्राहक हरुले सकेसम्म थोरै मुल्यमा खोज्ने हुदा उपयुक्त मुल्य पाउन कृषक सधैं पछि पर्ने उहाँले जानकारी गराउनुभयो।

अन्य समाचारहरु