पाणिनी गाँउपालिकामा उम्मेदवारी मनाेनयन दर्ता कार्यक्रम सम्पन्न (भिडियो, फोटो फिचर)

पाणिनी गाँउपालिकामा उम्मेदवारी मनाेनयन दर्ता कार्यक्रम सम्पन्न (भिडियो, फोटो फिचर)

डिआरजी सुमन

दुर्गाफाँट, सोमवार १२ वैशाख २०७८ । अर्घाखाँची जिल्लाको पाणिनी गाँउ पालिकाम् स्थानीय तह निर्वाचन, २०७९ का लागि नेकपाएमाले, नेपाली कांग्रेस सहितको ५ दलिय गठबन्धन र जसपा राप्रपा , जनमोर्चा तथा केही स्वतन्त्र उमेदवारहरुले आज पाणिनि गाँउपालिकाको सभाहलमा मनोनयनपत्र दर्ता गरेका छन् ।


पाणिनी गाँउ पालिका अध्यक्ष पदको लागी गठबंधन वाट नेपाली कांग्रेसकाअच्युत गौतम उमेदवारी दिएका छन भने लक्ष्मी गौतमले उपादक्ष्य पदमा उमेदवारी दर्ता गराएको अवस्था छ ।


यस्तै नेकपा एमालेको तर्फवाट टेकराज न्यौपानेले अध्यक्ष पदमा उमेदवारी दिएका छन भने उपादक्ष्यमा नर्मदा पौडेल ले उमेदवारी दर्तागराएकी छन । पाणिनि गाँउ पालिका मा ५ दलिय गठबंधन र एमाले को अतिरिक्त पनी गाँउ पालिका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्षसहितका वडा सदस्यमा मनोनयन दर्ता भएका छन । पाणिनि गाँउ पालिका ६ का निवर्तमान अध्यक्ष शुभ वहादुर सारुले स्वतन्त्र वाट वडाअध्यक्ष पदमा उमेदवारी दर्ता गराएका छन । पाणिनि गाँउ पालिका उपाध्यक्षमा प्रभावशाली नेता वेदराज घिमिरेको मनोनयन दर्ता भएकोछ ।


पाणिनि गाँउ पालिकामा आज दोस्रोदिन दिउसो ३:१५ वजे नेपाली कांग्रेस सहितको ५ दलिय गठबंधन ले मनोनयन दर्ता गरेको छ भने ४वजे नेकपा एमालेले मनोनयन दर्ता गरेको छ । निर्वाचन आचारसंहिता पुर्ण रुपमा पालना गरि सवै दलले समयमै शान्तिपुर्ण रुपमाउमेदवारी दर्ता गरेका छन । पाणिनि गाँउ पालिकामा अत्यन्त कड़ा सुरक्षा व्यावस्थामा उमेदवारी मनोनयन भएको छ । - तस्वीर डिआरजीसुमन/दुर्गाफाँट अर्घाखाँची ।

अन्य समाचारहरु