गायक तथा सर्जक मोतिराज खनालको पैसाको बिटो सार्वजनिक

गायक तथा सर्जक मोतिराज खनालको पैसाको बिटो सार्वजनिक

दिपक भुसाल

काठमाडौं । गायक तथा सर्जक मोतिराज खनालले सम्पुर्ण संगीतप्रेमी मनहरुको माझमा  ( पैसाको बिटो ) नामक लोकदोहोरी गीतको भिडियो दर्शक समक्ष लिएर आएका छन ।


गायक मोतिराज खनालको शब्द तथा लयमा आधारित गीती एल्बम पैसाको बिटोमा गायक खनाल र गयिका लक्ष्मि खड्काको मिठो आवाज सुन्न सकिन्छ । अत्यन्त मर्म स्पर्सि गीतको शब्द पनि उत्तिकै मार्मिक र मनछुने खालका छन ।जनजिब्रोमा झुण्डिने खालको थेगो चाहिंदैन पैसाको बिटो  मायाको बोलीले मन जितो  बोलको गीतमा अहिले चर्चामा रहेकी मोडल सजिना लामिछानेको अभिनय रहेको छ । लामिछानेले दर्जनौ गीतमा अभिनय गरिसकेकी छिन मोडल लामिछाने निर्देशक पनि हुन । यो गीतमा मोडल लामिछानेकै निर्देशन रहेको छ ।

त्यसैगरी यस गीतका मोडल नव प्रतिभाशाली कलाकार मिलन न्यौपानेको रहेको छ । हेर्दै आकर्षक लाग्ने न्यौपानेको पहिलो प्रयास भएतापनि अभिनय प्रखर रहेको छ । यस गीतको भिडियो छायाङ्कन बिपिन चौलागाइले गरेका हुन । सुर संगित रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत ओ . एस. आरले बजारमा ल्याएको हो । गित संगितको बजारमा निरन्तर अगाडि बढ्दै गरेका खनालले पहिलो दिनमै गीतबाट राम्रो प्रतिक्रिया आएको बताएका छन ।खनालको गत गीजमा निकालेको जम्काभेट नामक गीतले पनि बजार तताएको थियो । दर्जनौ गीत संगितको साथै खनालका कमेडि सिरियल पनि बजारमा आइसकेका छन ।

यसैगरी गायिका लक्ष्मि खड्का अहिले गीत संगितमा धमाका पिट्दै छिन ।मिठो आवाज भएकी खड्काले पनि दर्जन गित गाएकी छन अहिले उनको स्वर रुचाउने दर्शकको ठुलो जमात छ ।

अन्य समाचारहरु