पाणिनी गाउँपालिका - ८ का वडासदस्य कौसर अलीमाथि पालीमा एक समुहद्वारा आक्रमण

पाणिनी गाउँपालिका - ८ का वडासदस्य कौसर अलीमाथि पालीमा एक समुहद्वारा आक्रमण

अर्घाखाँचीडट्कम संवाददाता 

पाली, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ८ पालीका वडासदस्य माथि एक समुहले आक्रमण गरेको छ । 

पाणिनी गाउँपालिका वार्ड नम्बर ८ पालीका वडासदस्य कौसर अली माथि वार्ड कार्यालय जाने क्रममा एक समुहले आक्रमण गरेको हो । 

वडासदस्य कौसर अली माथि कोरोना नियन्त्रण गर्न गठन गरिएको वार्ड स्थतरिय समितीको बैठकमा भाग लिन वार्ड कार्यालय जाने क्रममा एक समुहले पालीको थामथोकमा आक्रमण गरी गम्भिर घाइते बनाएको थियो । 

गम्भिर घाइते भएका कौसर अलीको अहिले बुटवल स्थित जेनस अस्पतालमा उपचार भईरहेको छ । घटनाको पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले एक विज्ञप्ती निकाली भर्सना गर्नुभएको छ । 

अन्य समाचारहरु