म्याग्दीमा पहिरोले घर बगाउँदा दुईको मृत्य, तीन जना बेपत्ता

म्याग्दीमा पहिरोले घर बगाउँदा दुईको मृत्य, तीन जना बेपत्ता


tvs


म्याग्दी - म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिरोले घर बगाउँदा दुुई जनाको मत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । घामबहादुर विक र गोठे विकको घर पहिरोले पुरिएको हो । घटनास्थलमा रहेका स्थानीय समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ ।

 
गोठे र उनकी श्रीमती गोरी विक पहिरोमा परेर घाइते भएका छन् । घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका हुन् । स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् ।

Sanima

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको जानकारी दिए । घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ ।

अन्य समाचारहरु