अर्घाखाँची मिडिया हाउसको टिमलाई दैलेखको भगवतीमाई गाँउपालिका बेस्तडामा स्वागत (तस्बिरहरु)

अर्घाखाँची मिडिया हाउसको टिमलाई दैलेखको भगवतीमाई गाँउपालिका बेस्तडामा स्वागत (तस्बिरहरु)

डिआरजी सुमन

वेस्तडा, दैलेख  १४ फागुन २०७८ । "पर्यटन प्रबर्द्धन तथा सँस्कृती जगेर्ना का लागि हामी र हाम्रो अभियान"भन्ने मुल नाराकासाथ भगवतीमाई गाँउ पालिका दैलेख का अभियनता र वडा सचिबहरूले स्वागत गरेका छन ।


स्वतन्त्र पत्रकार : डिल्ली राज घमिरे(डि,आर,जी सुमन )स्वतन्त्र पत्रकार /समाचार सम्पादक परराष्ट्र मामिला तथा व्युरो प्रमुख अर्घाखाँची मिडिया हाउस प्रा.ली ,फैन्स क्लबनेपाल संकल्प काफ्ले इन्जिनयर (अध्यक्ष पि .एस. एम नेपाल ) नेत्र बहादुर नेपाली सचिब सहितको टोलिलार्इ स्वागत गरीएको हो । सनिवार सुर्खेत देखी दैलेख पुगेको टोलीले पत्रकार डेकेन्द्र थापाको प्रतिमा रहेको स्थान नारायण नगरपालिका वडा नं १ दैलेख मापुंगी स्थलगत रिपोर्टिंग समेत गरेका छ ।


स्वागत कार्यक्रममा बेल्दै अभियन्ता इन्द्र सिँह रेजीनाले भन्नुभयो हाम्रो अभियान को मुल उद्देश्य हाम्रो गाउँ ठाउँ मा रहेका पुराना कलासँस्कृती ,परम्परा ,र पर्यटनको सम्भावना बोकेका स्थल हरु को अवलोकन र अनुसन्धान हुनेछ।हाम्रो साझा कला सँस्कृती ,परम्पराजोगाएर भाबी पुस्ता सम्म पुर्याउनका लागि गर्नु पर्ने कार्य र चाल्नुपर्ने कदमहरु को अनुसन्धान र खोजी हुनेछ । आईतवार गर्न सकिने रगर्नुपर्ने काम हामी आज बाट नै सुरुवात गर्नेछौ । साथै हाम्रा प्राकृति सम्पदा र पर्यट्किय क्षेत्रको अवलोकन र संम्भावना को खोजी गर्नेउदेश्य रहेको छ ।त्यस्तै अभियन्ता जनक अधिकारीले दैलेखको “भगवतीमाई गाँउपालिका ” अवलोकन भ्रमण वर्ष : २०२२ "आन्तरिकपर्यटन प्रबर्द्धन र ऐतिहासिक सँस्कृती जगेर्नाको हामी र हाम्रो अभियान" भन्ने मुल नाराका साथ हामी भगवतीमाई गाँउ पालिका दैलेखमा अवलोकन र अनुसन्धानका लागी “प्रारंभिक अध्यायन अवलोकन भ्रमणको तयारीमा छौ ।


यस अभिनयमा सम्बन्धित निकाय र स्थानीय तहको आवश्यक साथ,सपोर्ट र सहयोग को अपेक्षा गरिएको छ । स्वदेश तथा विदेश जहाँरहेता पनि आफ्नो जन्मभुमी प्रति सद्भाव र माया गर्दै यस अभियानमा सहकार्य गर्नुहुने सवै सहयोगी व्याक्तित्वहरुलाई हाम्रो अभियानकोतर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नेभयो । हाम्रो अभियानको मुल उद्देश्य : हाम्रो गाउँमा रहेका पुराना कला सँस्कृती ,परम्परा र पर्यटकीयसम्भावना बोकेका स्थलहरुको अध्यायन अवलोकन र अनुसन्धान हुनेछ । 


यसको साथै यस स्थानीय तहमा रहेका ऐतिहासिक महत्ववोकेका साझा कलासँस्कृती र परम्परालाई संरक्षण गर्दै यसको प्रभाव भावी पुस्तासम्म पुर्याउनको लागी तत्काल गर्नुपर्ने कार्यकोअनुसन्धान र सुझाव संकलन गर्नु हाम्रो उद्देश्य रहेको छ । हाम्रो गाँउ र समाजमा रहेका परम्परागत संस्कृत तथा पर्यटकीय स्थलमाआन्तरिक तथा वाह्य पर्यटक भित्राउनको लागी तत्काल स्थानीय समाज र निकायले गर्नुपर्ने कामको विषयमा आवश्यक परामर्श सहितआगामी योजना तय गर्नेगरी हामीबाट नै भावी योजनाको सुरुवात गर्नेछौ ।


हाम्रा परम्परागत मौलिक संस्कृति,प्राकृतिक सम्पदा रपर्यटकीय क्षेत्र को अवलोकन र सम्भावनाको खोजी लगायतका कार्यमा हामी स्थानीय जनता,जनप्रतिनिधी,कर्मचारी लगायतकासमाजसेवीको आवश्यक सल्लाह र सहयोगको अपेक्षा सहित अभिनयको परिकल्पना गरिएको छ । यस अभियानका संलग्न मुख्य अभियान्ताहरु : श्री इन्द्रा सिंह (रेजिना) श्री रोशन शाही श्री जनक प्रसाद अधिकारी श्री बिमल कुमारीशाही(प्रिया) श्री खगेन्द्र रोकाय अनुसन्धान स्थानीय स्तरका हाम्रा अभियान्ताहरुको सहभागितामा  यहि फल्गुन १५, १६ र १७ गते सम्माभगवतीमाइको सबैवडामा ३ दिनको यात्रा रहने छ ।- तस्वीर डिआरजी सुमन/वेस्तडा,दैलेख ।

अन्य समाचारहरु