मैदान गाबिस - ४ का पुर्व वार्ड सदस्य गाेपीलाल घिमिरेको निधन

मैदान गाबिस - ४ का पुर्व वार्ड सदस्य गाेपीलाल घिमिरेको निधन


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको साविक मैदान गाबिस वार्ड नम्बर ४ का पुर्व वार्ड सदस्य गाेपीलाल घिमिरेको निधन भएको छ । 


मैदान गाबिस वार्ड नम्बर ४ का पुर्व वार्ड सदस्य गाेपीलाल घिमिरेको आज बिहान ३ बजे  भरतपुर अस्पतालमा निधन भएको हो ।

घिमिरेले वार्ड सदस्य हुँदा र पछि पनि नियमित सामाजिक कार्य गर्दै आएका थिए । 

उता घिमिरेको निधनले लुम्बिनी प्रदेश सदस्य रामजी घिमिरेले दु:ख व्यक्त गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्; भावपुर्ण श्रध्दाञ्जली एवं समवेदना: सामाजिक संजाल मार्फत आदरणिय गाेपिलाल बाकाे निधनकाे आकस्मिक,असामयिक र अत्यन्त दुखद निधनकाे खवरले म स्तब्ध एवं मर्माहत भएकाे छु। गा. बि. स. मैदानका पुर्व सदस्यकाे रुपमा उहाँले मैदानकाे बिकास र जनताका समस्या समाधानमा गर्नुभएकाे सहकार्य र याेगदानकाे यस घडीमा म श्रध्दापुर्बक स्मरण गर्दछु। नातामा बुवा तर ब्यबहारमा घनिष्ठ साथी जस्तै दिवंगत श्रदेय गाेपिलाल बा प्रती म भावपुर्ण श्रध्दाञ्जली अर्पण गर्दछु। शाेक र पिडाकाे यस घडिमा कान्छि आमा, भाईहरु नारायण, ईश्र्वरि र थानेस्वर तथा सवै बहिनीहरु सहित संपुर्ण परिवारमा गहिराे समवेदना प्रकट गर्दछु। अन्त्यमा शाेकलाई सहन् गर्दै अगाडि बढ्ने ईच्छासक्ति प्राप्तहाेस कामना गर्दछु। 

अन्य समाचारहरु