प्यालीभित्ती (कविता)

प्यालीभित्ती (कविता)

पिताम्बर बन्जाडे 

शिर हाम्रो सगरमाथा लिपुलेक छाती।
माफी तिम्लाई दिने छैनौं कुल्चे यसमाथि

कोशी, गण्डक, टनकपुर अनि महाकाली
नेपाली मन् रोईराछन् पिटीपिटी छाती ।

सत्ताधारी फकाइफुलाइ लुट्ने गर्यौ आँट
नेपालीको बहादुरी देख्या छैनौ क्यार ?

अरुलाई दोषी देखाइ आफू बन्ने सिधासाधा।
नेपालीले बुझीराछन् शकुनीका कप्टी पाशा ।

विगतका भुललाई माग्छौ कि त माफी ?
हैन भने भोका कुर्सी पुग्लान् प्यालीभित्ती

वुध्दका हौं सन्तान हामी जाइलाग्ने छैन मन ।
अति भए एक भई चलाउँछौं है सुदर्शन।।