सन्धिखर्कको कुरमा बाघको आक्रमणबाट बेपत्ता बच्चाको शव फेला पर्‍यो

सन्धिखर्क टुडीखेल मैदानबाट देखिएको कुर लगायत ।
 
शोभाखर पन्थी
 
जेष्ठ २२, सन्धिखर्क अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क - २ कुरमा ६ वर्षिय बालक शुसिल आचार्यलाई बाघले आक्रमण गरी बेपत्ता पारेको केही घन्टामा शव जंगलमा फेला परेको छ।

घरको दलानमा बसी दाई सुरेश र दिदी मनिषासँग खेल्दै गरेका बालक शुसिललाई बाघले झम्टिएर बिहिवार साँझ जङ्गलमा लगी बेपत्ता पारेको थियो।

बालकको खोजीका लागि स्थानीय बासिन्दा र प्रहरी घटना स्थल पुगेका थिए। बेपत्ता बालक भगवति उमावि कुरमा कक्षा १ मा पढ्ने विद्यार्थी हुन् ।

अन्य समाचारहरु