खिल्जीमा १४ वर्षिया एक किशोरी मृत फेला

खिल्जीमा  १४  वर्षिया एक किशोरी मृत फेला


अर्घाखाँचीडट्कम संवाददाता 

खिल्जी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ६ खिल्जीको डाँडगाउँमा एक किशोरी मृत फेला परेकी छिन् । 

खिल्जीको डाँडगाउँका तिलक बहादुर नेपालीकी १४  वर्षिया कान्छी छोरी सजना नेपाली आफ्नै घरको कोठामा मृत फेला परेकी हुन् । 

स्थानिय विधालयमा कक्षा ९ पढदै आएकी सजनालाई घरको कोठामा झुन्डिएको अवस्थामा परिवारले हिजो शनिवार बिहान फेला परेका थिए । 

मृतकको शवलाई जिल्ला अस्पताल अर्घाखाँचीमा पोस्टमार्टम गरी परिवारलाई बुझाईएको प्रहरीले बताएको छ । 

घटनाको अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

अन्य समाचारहरु