शितगंगा नगरपालीकाले वार्ड नं. १ र ७ को राहत वितरणलाई अगाडि बढाउने, नगरकै बदनाम गर्ने खिम अधिकारी कारवाहीमा परे

शितगंगा नगरपालीकाले वार्ड नं. १ र ७ को राहत वितरणलाई अगाडि बढाउने, नगरकै बदनाम गर्ने खिम अधिकारी कारवाहीमा परे

अर्जुन बेल्बासे 

ठाडा, अर्घाखाँची बैशाख ८ । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालीकाको आज सोमवार बसेको कार्यपालिका बैठकले राहत वितरण रोकिएका वार्ड नम्बर १ र ७ को राहत वितरण कार्य अगाडि वढने निर्णय गरेको छ ।

नगरपाले रोकिएको राहत वितरण कार्यलाइ अगाडि बढाउने भएको छ अव छिटै बाकि रहेका दुइ वडाहरुले राहत वितरण गर्ने निर्णय भएको शितगंगा नगरपालीकाका प्रमुख प्रसासकिय अधिकृत अर्जुन गौतमले जानकारी गराउनु भयो ।साथै केहि दिन अगाडि

वडा कार्यालयको बदनाम हुने गरि समाचार लेखेको भन्दै वडाले प्रेस विज्ञप्ति समेत निकालेको थियो र यस्ता समाचारले वडा तथा नगरपालिकाकै बदनाम हुने र नगरको कर्मचारी भएपछि कर्मचारीको आचरणमा बस्नुपर्नेमा शितगंगा नगरपालिकाका कर्मचारी खिम बहादुर अधिकारीले वडा तथा नगरकै बदनाम हुने खालका गतिबिधी गरेकोले नगरपालिकाले कारवाही गर्ने भएका छ ।

वार्ड नम्बर १ र ७ को राहत बितरण नगरपालिकाकै निर्णय बमोजिम रोकिएको भए पनि निज अधिकारीले वार्ड नम्बर १ का वडा अध्यक्षले गर्दा वार्डमा राहत बितरण नभएको भनि प्रचार गरेका थिए ।

यस्तै अधिकारीले नै तरुण दल नामक फेसबुकमा समेत वडाको बिज्ञप्तिको खण्डन गर्दै स्टाटस लेखेर नेकपालाइ समेत दोस लगाए पछि आजको कार्यपालीकाको बैठकमा चर्काचर्कि समेत भएको थियो ।

कर्मचारी भएर राजनितिक स्टाटस तथागलत आचरणका गतिबिधी गरेको भन्दै नगर बैठकमा चर्काचर्की भएको थियो ।


बैठकले खिम बहादुरको बिबाद पछि दरवन्दी नरहेका कर्मचारी नरहने निर्णय गरेको छ खिम बहादुर समेत दरवन्दी नभएका कर्मचारी रहेका कारण काम बाट निस्कन सक्ने छन ।

नगरपालिकाका दरवन्दी रहेकै कर्मचारीहरु निजि सवारीमा हिडे पनि अधिकारीले भने मेयरको पावरमा नगरपालिकाको सवारी चलाउने गरेका थिए ।

अन्य समाचारहरु