मालारानीकाे अर्घातोषमा शिव प्रगतिशिल महिला कृषि सहकारीकाे स्थानीय तहकाे भन्दा अब्बल काम

मालारानीकाे अर्घातोषमा शिव प्रगतिशिल महिला कृषि सहकारीकाे स्थानीय तहकाे भन्दा अब्बल काम

दिपेन्द्र खत्री

अर्घातोष, अर्घाखाँची  जेष्ठ २६   । अर्घाखाँची जिल्लाकाे मालारानी गाउँपालीकामा रहेकाे शिव प्रगतिशिल महिला कृषि सहकारी संस्था लि अर्घाखाँचीले मालारानी गाउँपालीका १ अर्घातोष चाैरीबाट स्थानीय तहले भन्दा पहिलेनै फैजी किरा नियन्त्रणकाे लागि आफ्नाे १५० सियर सदस्यलाई ५०% अनुदान मा बिसादि वितरण गरकाे संस्थाकि संस्थापक अध्यक्ष तथा वडा सदस्य सरस्वती पन्थी पाण्डेले जानकारी दिनु भयाे।

शिव प्रगतिशिल महिला कृषि सहकारीकाे  स्थापना वि,स २०६५-०५-०४ गते भएकाे थियाे।साे स्थापना पछी संस्था भित्रका सियर सदस्यलाई मात्र नभयर सम्पुण महिलाकाे हकहितकाे लागि काम गरिरहेकाे उक्त कायँक्रममा बताईन।

बिसादि बितरण सभामा मालारानी गा,पा का १ र २ वडा बाट र साबिकको अघातोष गा वि स को ६ ७ ८ ९ का सामाजीक दुरी कायम गरी करीब १००जना सेयर धनिको उपस्थिति रहेको थियो । सो कार्यक्रममा अध्यक्ष पाण्डे ले आफ्ना शेयर धनिलाई अझ बढी सेवा सुविधा दिने उद्देश्य ले नेपाल कृषि बैंक मा खाता खोल्ने र रेमिटान्सकाे पनि संञ्चालन गर्ने बताउनुभयो ।

कृषिलाई प्रवधन गर्नकाे निम्ति रासायनिक मल,हाते टेयाक्टर टनेल प्लास्टिक साथै जुनसुकै कृषिजन्य सामाग्रीहरू ५०% अनुदानमा उपलब्ध गराईदिने बताउनुभयो ।

अन्य समाचारहरु