बाँकेमा बर्षेनी सयभन्दा धेरै नयाँ कुष्ठरोग रोगी पत्ता लागेपछि निवारणमा चुनौति

बाँकेको कोहलपुर र सम्शेरगन्जमा दुई दिनमा कुष्ठरोगका सात नयाँ बिरामी भेटिए । नगरसंग जोडिएको साईगाउँ गाविसमा राखिएको स्वास्थ्य शिविरमा ६ बिरामी पत्ता लागे । बर्षेनी सयभन्दा धेरै नयाँ रोगी पत्ता लागेपछि कुष्ठरोग निवारणमा चुनौति थपिएको छ । कान्तिपुरमा समाचार छ । 


'बर्षेनी एक सयदेखि १ सय २५ सम्म नयाँ कुष्ठरोगी भेटिईरहेका छन्' जिल्ला क्षय-कुष्ठरोग निवारण अधिकृत प्रेम केसीले कान्तिपुरसित भने,-'मधेसी समुदायमा धेरै छ । रोगी पत्ता लगाउन अभियानै चालेका छौ ।' रोग लुकाउने समस्याले बेलैमा उपचार नपाउँदा अंगभंग हुने गरेको उनले बताए । कुष्ठरोग निवारण महाशाखा, जिल्ला जनस्वास्थ्य कार्यालय, आईएनएफ र टिबी नेपालले अहिले बाँकेका गाउँहरुमा कुष्ठरोगी खोजी अभियान चालेका छन् ।

साईगाउँको बढैया गाउँ वरपर मात्र नयाँपुराना ३२ कुष्ठरोगी छन् । औषधी अनियमित भई कतिपयमा रोग बल्भिmएको छ । ६९ बषिर्य मिश्रीलाल काँदुले भने,-'औषधी खाएपछि सन्चो भयो भनेर ढुक्क भएको थिए । रोग बल्झिएर हातखुट्टै झर्ने स्थिति आयो ।'१५ बर्षअघि उनलाई कुष्ठरोग भएको पत्ता लागेको थियो । केही समय औषधी खाए । निको भयो भनेर छाडेको केही बर्षमै रोग बल्भिmएपछि उनी अपाङझै भएका छन् । बढैयागाउँमा अहिले पनि चार बालकसहित १० जनाले औषधी सेवन गरिरहेका छन् ।  

३२ बर्षीय विसराम काँदुका दुई वटै खुट्टा कुष्ठरोगबाट प्रभावित भए । उपचारपछि सन्चो भएका उनी अहिले गाउँका कुष्ठरोगीहरुका अगुवा भएका छन् । उनको अध्यक्षतामा स्वयम् हेरचाह समूह गठन भएको छ । 'सुरुमा लार्पबाही गर्छन । समाजले हेला गर्छ भनेर रोग लुकाउँछन्' उनले भने,-हातखुट्टाको औला झर्ने अवस्थामा मात्र स्वास्थ्य संस्था आउने गरेका छन् । अध्यक्ष काँदु कुष्ठरोगीसंग कोही पनि नजिक नहुने दुखेसो पोख्छन् । 'पहिले त नराम्रो व्यवहार गर्थे । अहिले त्यस्तो गर्दैनन । टाढै बस्छन' उनले भने ।
 
धेरै ब्याक्टेरिया भएको मल्टी बेसिलरी (एमबी) कुष्ठरोग सर्छ । कम रहेको पोसी बेसिलरी (पीबी) सर्दैन । त्यसैले कुष्ठरोगीका छरछिमेकमा पनि रोग जाँच गर्न अभियान चालेको कुष्ठरोग निवारण अधिकृत केसीले बताए । 'कुष्ठरोगीका परिवार र छिमेकमा सोधखोज गरिरहेका छौ' उनले भने ।

पीबी भएका कुष्ठरोगीले ६ महिना औषधी खाए सन्चो हुन्छ । सरुवा चरित्रको एमबी कुष्ठरोगीले एकदेखि २ बर्षसम्म औषधी सेवन गर्नुपर्ने टिबी नेपाल कुष्ठरोग प्रेषण केन्द्रका क्लिनिक इन्चार्ज हिक्मत खड्काले बताए । विभिन्न ३२ संस्थाबाट कुष्ठरोगीले औषधी खाईरहेका छन् उनले भने । पश्चिम तराईका बाके, बर्दिया र कैलालीमा कुष्ठरोगीको संख्या धेरै छ । कान्तिपुरमा समाचार छ । 

अन्य समाचारहरु