देशको भविष्य खोजौं (कविता)

देशको भविष्य खोजौं (कविता)

 पिताम्बर बन्जाडे

बोल्नु सिवाय भएन केही ,
गर्ने अगाडि सरी आऊ फेरी ,
कलु़सित भाव हटाऊँ उखालौं , अति भो ! देशको भविष्य खोजौं ।।

ज्ञानै विनाको प्रवन्चना भो ,
अर्थै विनाको अभिव्यन्जना भो ,
अतिरन्जना भो!बोल्दै नबोलौ ,
अति भो ! देशको भविष्य खोजौं ।।

उद्योग खोलौं , व्यापार खोजौं ,
उचाइ भन्दा ,सच्चाइ रोजौं ,
यो देश बनाउने उपाय खोजौं ,
अति भो ! देशको भविष्य खोजौं ।।

इमान खोजौं जमान खोजौं ,
मुलुक चलाउने कमान खोजौं ,
यो देश छ र हामी सवै छौं ,
अति भो ! देशको भविष्य खोजौं ।।

फुलाऊँ फलाऊँ यो माटो सजाऊँ ,
पसिना देशको यसमै बगाऊँ ,
जे मिल्छ यहाँ त्यसमै रमाऊँ ,
अति भो ! देशको भविष्य खोजौं ।।

सुकाम रोजौं सुवास खोजौं ,
विनाश छोडौं विकास रोजौं ,
शक्ति नखोजौं सदभाव खोजौं ,
अति भो ! देशको भविष्य खोजौं ।।
अस्तु: