नवलपरासीमा बन्द आब्हानकर्ता र बिरोधीहरु बिचको बिवादले उग्ररुप, प्रहरीमाथि ढुङ्गामुढा गरेपछि २० राउण्ड अश्रुग्यास

- नारायण शर्मा
 
कावासोती, नवलपरासी  - नवलपरासीको डण्डामा मंगलबार भएको बन्द आब्हानकर्ता र बन्दका बिरोधीहरु बिचको बिवादले आज(बुधबार) पनि उग्ररुप लिएको छ । नवलपरासीको डण्डावाट कावासोती थानातर्फ आउँदै गरेको जुलुशलाई रोक्न गएको प्रहरीमाथि प्रर्दशनकारीले ढुङ्गामुढा गरेपछि प्रहरीले कम्तिमा २० राउण्ड अश्रुग्यास हानेको छ ।

प्रर्दशनकारीले हानेको ढुङ्गाले लागेर कावासोतीका प्रहरी निरीक्षक उमेश लम्साल सहित कम्तीमा आधा दर्जन घाइते भएका छन् । उनीहरुको कावासोती स्थित कालिगण्डकी अस्पतालमा उपचार भैरहेको छ । डण्डावाट लठीसहित नाराजुलश गर्दै कावासोती थाना तर्फ आउदै गरेकेा उत्तेजित भिडलाई नियन्त्रण गर्न गएको प्रहरी टोलीमाथि प्रर्दशनकारीले एक्कासि ढुङ्गामुढा गरेका हुन् ।

स्थिति नियन्त्रणमा लिन कावसोतीमा करिब २ सय प्रहरी परिचालन गरिएको छ । बजार र यातायात पुरै ठप्प छ ।

यसैबिच स्थिति सामान्य बनाउन भन्दै इलाका प्रहरी कार्यालयमा प्रमुख जिल्ला अधिकारी र सबैदलहरुको बैठक बसिरहेपनि निस्कर्षमा पुग्न सकेको छैन । बार्ता र छलफल जारी छ ।

अन्य समाचारहरु