सन्धिखर्कका सुनचाँदीको गहना बनाउने कालिगढहरुलाई राहत बितरण

सन्धिखर्कका सुनचाँदीको गहना बनाउने कालिगढहरुलाई राहत बितरण

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा सुनचाँदीको गहना बनाउने कालिगढहरुलाई राहत बितरण गरिएको छ।

नेपाल राष्ट्रिय सुनचाँदी कालिगढ संघ अर्घाखाँची शाखाले लकडाउनका कारण दैनिकी जीवन गुजारामा समस्या परेका सन्धिखर्कका १२ जना कालिगढहरुलाई राहत स्वरुप बितरण गरिएको हो । 

संघका अध्यक्ष बाबुराम बिकले अर्घाखाँचीडट्कमलाई बताए अनुसार सन्धिखर्क वार्ड नं. २ का वडाअध्यक्ष मोतिजंग रायमाझीले १२ जना कालिगढलाई १५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, नुन  बितरण गर्नुभएको थियो । 

पछिल्लो समय लकडाउनका कारण अर्घाखाँचीमा ज्याला मजदुरहरुलाई दैनिकी जीवन गुजारामा समस्या परेको देखिन्छ । 

अन्य समाचारहरु