आजका युवाहरुमा राष्ट्रियताको कमी

आजका युवाहरुमा राष्ट्रियताको कमी
 बाबु रोका मगर 

नेपालीहरुको बिदेशी मोहले देश पछाडी खस्किदै छ देश रित्तो हुनेगरी युवाहरु छिमेकी देश भारत लगायत तेस्रो मुलुक सम्म महँगो परिश्रम सस्तो मुल्यमा बेचिरहेका छौ | 

किन यति निर्दयी बन्दै गएका छौ हामीहरु आफ्नै देश जन्मभूमिलाई अन्धाकारमा धकलेर पराइ मुलुकहरुलाई हराभरा उज्यालो बनाइदिएका छौ लाखौ खर्चेर ? के कमि रहयो हामी भित्र? के पैसानै हाम्रो लागि सबै थोक हो र ? 

केहि दशक अघि नेपाली युवाहरु भित्र देश प्रति आस्था निकै देखिन्थ्यो जसको कारण देशमा यसरी परिवर्तन लिएका थिए राणा साशन हटाएर प्रजातन्त्र, बहुदलिय ब्यबस्था लिए राजशाही हटाएर लोकतन्त्र गणतंत्र लिए तर आज परिवर्तित समय संगै परिवर्तन आजका युवाहरुमा राष्ट्रियताको कमीले देशमा शंकट जन्मिएको छ नेपाली युवाहरुमा राष्ट्रियता हराउदै गएको छ सबै युवाहरुमा अरब पुगेर खरब कमाउने लहर चलेको छ आफ्नो खेत बारी खोरिया बाँझै छोडेर देशमा बगाउने पसिना खाडि मुलुक जापान कोरिया मा बगाएकाछौं |

फेसबुकका भित्ताहरुमा फोटो टाँसेर आफुलाई राष्ट्रप्रेमी,देशप्रेमी ठानेका त हुन्छौ तर कर्ममा राष्ट्रप्रेमी,देशभक्ति नेपाली बन्न सकेका छैनौ हामीहरुको बानि बिग्रिसकेको छ हामी काममा होइन कुरामा बढि समय बर्वाद गरेका हुन्छौ राष्ट्रियता र आफ्नो राष्ट्र प्रतिको आस्था यो मनोभावनाले मात्रै परिभाषित गर्ने कुरा होइन यो त केवल कर्मले गरेर देखाउन सक्नु पर्छ |

कुनै सभा, र्याली र कोठे कार्यक्रम आदि इत्यादिमा राष्ट्रिय झण्डा बोकेर हिड्दैमा मात्रै राष्ट्रियता हुदैन बरु मन मुटुमा देशलाई राखेर राष्ट्र निर्माणमा जुट्नु राष्ट्रियता हो जसका निम्ति हरेक युवा युवतीहरुको मन मस्तिष्क भित्र देशभक्ति भावना जन्मनु पर्छ भने ति युवायुवती हरुको पाखुरिहरुमा दम यानी ताकत हुनु पर्छ |

एकातिर राजनीति खोल ओढेका देशका दलालहरु हरेक युवाहहरुलाई एक अर्को संग काटामार गर्न लगाएका छन् भने कयौ युवा युवतीहरुलाई विदेशको मोहमा फसाएर आफुहरु मोज गर्दै राज गरेका छन् सच्चा राष्ट्रवादी नेताहरुले देशका युवाहरुलाई फ़ुटाएर होइन जुटाएर देश बिकाशको निर्माणमा जुटाउन सक्नु पर्छ | लाखौ को संख्यामा अमेरिका र कोरियाको लागि फार्म भरेर ति देशहरुमा अमुल्य रगत पसिना बगाउन जान तयार छन् तर आफ्नै देशमा ढलेको सिन्को ठाडो पार्न हिच्किचाउछौं हामि युवाहरु | त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलबाट हरेक दिन हजारौको संख्यामा बिदेश पस्ने युवाहरु मध्ये ५० % युवाहरुले मात्रै भएपनि सच्चा कर्म र निष्ठाले आफ्नै देशमा पसिना बगाएमा अमेरिका,जापान,कोरिया जस्ता अन्य बिदेशी मानिसहरु हाम्रो देशमा विजा लगाएर आउने छन् |

राष्ट्रघाती दलालहरुको लहलहैमा लागेर सडकमा टायर जलाएर,बिधालय,पसल, अस्पताल,मोटर गाडिहरु बन्द गरेर हाम्रो देशलाई अघि बढाउन सकिदैन यसको नतिजा हमीले देख्दै भोग्दै आएका छौ हामीहरु अझै पनि यहि काममा अल्झिदै गयौ भने समयले नेटो काटिसक्ने छ | 

यदि आफुलाई सच्चा नेपाली ठान्छौ भने हामि आजको फाइदा नहेरौ भविष्यको चिन्तन गरौ आऊ युवाहरु हातेमालो गर्दै देश निर्माणमा जुटौ | हामी युवाहरुले चाहेमा जे पनि गर्न सकिन्छ फलाम घोटेर रुख ढाल्ने बन्चरो शत्रु मास्ने खुकुरी बनाउन सकिन्छ भने देशलाई बिकसित बनाउन कुनै ठुलो समस्याको कुरो होइन | जापान, कोरिया, अमेरिका, साउदी अरब पुगेर खरब कमाउने सपनालाई हटाएर देश निर्माणमा लाग्यौ भने हाम्रा सन्ततिहरुले छाती खोलेर भन्न पाउनेछन र गर्व गर्नेछन हामी वीर नेपाली भनेर |

हामि संग समय एकदम कम हुदै गएको छ अब राष्ट्र निर्माणको जिम्मेवारी युवाहरुलाई नै सुम्पिनु पर्छ | युवा जनशक्तिलाई स्वदेसमा नै राख्न सक्ने वातावरण सरकारले मिलाउन  सक्नु पर्छ थोरै तलबमा भएतापनि देशमा रोजगारीको ब्यबस्था लाइ आत्मासाथ गर्दै हामि युवाहरुले बेदेशमा बगाउने रगत पसिनाले आफ्नै स्वदेशको माटोमा सिंचाई गरेर विश्वको नमुना देश बनाउने राष्ट्र निर्माणमा जुटौ | अझै पनि ढिला गर्यौ भने हाम्रो देश नेपाल एकादेशको कथामा सिमित रहने छ |

अन्य समाचारहरु