पाणिनीको दुर्गाखोलामा निर्माण हुन लागेको पुलमा बाढीले ठुलो क्षति (फोटो सहित)

पाणिनीको  दुर्गाखोलामा निर्माण हुन लागेको पुलमा बाढीले ठुलो क्षति (फोटो सहित)

सुर्य भुसाल 

पाणिनी, अर्घाखाँची ।  शुक्रबारदेखि परेको अबिरल कर्षाका कारण अर्घाखाँचीको  पाणिनी गाउँपालिकाको  दुर्गाखोलामा निर्माण हुन लागेको पुलमा बाढीले ठुलो क्षति पुराएको छ । 


सालझन्डी सन्धिखर्क ढोरपाटन सडक अन्तरगत दुर्गाखोलामा निर्माण हुन लागेको सो पुलमा ठुलो बाढि आएपछि धेरै सामानहरु खोलाले बगाएर लैजादा लाखौंको क्षति भएको पुलको काम गर्ने जिम्मेवारी पाएको अर्घाखाँची पुस्पाजेभिका सन्चालक बरिस्ट निर्माण ब्यबसायी नारायण प्रसाद बन्जाडेले जानकारी दिनु भयो  । 


यो पुलको काम सुरु भएदेखि नै पानिले ठुलो क्षति पुराउदै आएको   थियो । 

पुलको काम गर्ने बेलामा मुलुकमा लकडाउन भएपछि काम हुन ढिला भएको थियोे ।  अहिले पुलका महत्त्वपूर्ण सामान खोलाले रातिनै बगाएको थियोे अहिले पुलमा लगाएका  लाखौका  सामानहरु खोलाले बगाएको ठेकदार बन्जाडेले बताउनु भयो ।

अन्य समाचारहरु